सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्रिय वाणिज्य बैंकद्वारा बलियो नेपाल न्युट्रिशन इनिशिएटिवलाई आर्थिक सहयोग

राष्ट्रिय वाणिज्य बैंकद्वारा बलियो नेपाल न्युट्रिशन इनिशिएटिवलाई आर्थिक सहयोग

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवलाई पोषणयुक्त खानेकुरा वितरण गर्नको लागि आर्थिक सहयोग गरेको छ ।
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवलाई पोषणयुक्त खानेकुरा वितरण गर्नको लागि आर्थिक सहयोग गरेको छ ।

सहयोग अन्तर्गत बर्दिया, कपिलवस्तु र नवलपरासी पश्चिम क्षेत्रका विजयपुर, पालिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकाका बालबालिकालाई ६० दिनसम्म पोषणयुक्त खानेकुरा वितरण गरिनेछ।

यस सम्बन्धमा आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवका प्रमुख कार्यकारी अधिकृत डा.अतुल उपाध्यायबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद, वित्तीय साक्षरता लगायतको क्षेत्रमा मात्र नभएर बालबिालिकालाई पोषणयुक्त खानेकुरा वितरणमा पनि बैंकले सिएसआर मार्फत सहयोग गरेको बताए । 

बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवका प्रमुख कार्यकारी अधिकृत डा.अतुल उपाध्यायले दुईवर्ष भन्दा कम उमेर समुहका बालिबालिकालाई पोषणयुक्त खानेकुरा वितरणको लागि लुम्बिनी प्रदेशलाई पाइलट प्रोजेक्टको रुपमा चयन गरिएको बताए । 
 

प्रकाशित: Nov 29, 2020| 05:46 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्