मंगलबार, चैत ३, २०८२

बायर्नको पुनरागमन जित र डर्टमुन्डको हार

 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

काठमाडौं– जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा डर्टमुन्ड पराजित भएको छ। 

National life

डर्टमुन्डकै मैदानमा सम्पन्न खेलमा उसले एफसी कोल्नसँग २–१ गोलको हार बेहोरेको हो।

कोल्नको जितका लागि लियास खिरीले दुई गोल गरे भने डर्टमुन्डका थोरगन हजार्डले दुईका विरुद्ध एक गोल गरे। 

पराजयका बाबजुद डर्टमुन्ड तेस्रो स्थानमा छ। यता  जित निकालेको कोल्न भने १५ औं स्थानमा छ।

शनिबारको अर्को खेलमा साविक विजेता बार्यनले सुटरगार्टविरुद्ध पुनरागमन जित निकालेको छ। 

Laxmi sunrise bank
kumari

सुटरगार्टको घरेलु मैदानमा सम्पन्न खेलमा बायर्नले घरेलु टिमसँग ३–१ गोलको जित निकालेको हो।

एक गोललले पछि परेको अवस्थामा बायर्नका किंग्सले कोमले ३८ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

त्यस्तै पहिलो हाफको अतिरिक्त समयमा फरवार्ड रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्नले अग्रता आफ्नो पक्षमा पारेको थियो।

पहिलो हाफमै अग्रता बनाएको बायर्नले दोस्रो हाफमा पनि गोल गर्यो। खेललको ८७ औं मिनेटमा डग्लस कोस्टाले गोल गर्दै बायर्नलाई ३–१ गोलको जित दिलाए।

जितका साथ शीर्षस्थानमा रहेको बायर्नको २२ अंक छ भने पराजित सुटरगार्ट ११ अंकका साथ दशौं स्थानमा छ।

अंकतालिकाको दोस्रो स्थानमा रहेको लाइप्जिकले शतिबार रातिको खेलमा अर्मेनियाँसँग २–१ गोलको जित निकालेको छ।

जितसहित तीन अंक थपेको लाइप्जिकको २० अंक छ। उसले तेस्रो स्थानको डर्टमुन्डलाई दुई अंकले पछि पार्दै शीर्षस्थानको बायर्ननसँग दुई अंकले नै पछि परेको छ।

शनिबारकै अर्को खेलमा मोन्छेनग्लाडबाखले साल्केलाई ४–१ गोलले हराएको छ।
 

प्रकाशित: Nov 29, 2020| 03:19 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।