आइतबार, असार २८, २०८३

सिरी एः इन्टर मिलानको जित, एटलान्टाको हार र युभेन्टसको बराबरी

इटालियन सिरी ए अन्तर्गत शनिबार रातिको खेलमा साविक विजेता युभेन्टस बराबरीमा रोकिएको छ। 
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

काठमाडौं– इटालियन सिरी ए अन्तर्गत शनिबार रातिको खेलमा साविक विजेता युभेन्टस बराबरीमा रोकिएको छ। 

बेनिभेन्टोको मैदानमा सम्पन्न खेलमा पाहुना टिम युभेन्टसले घरेलु टिमसँग १–१ गोलको बराबरी खेलेको हो।

युभेन्टसका लागि अल्भेरो मोराटाले २१ औं मिनेटमा गोल गरे भने बेनिभेन्टोका गइटानो लेटिजाले पहिलो हाफको अतिरिक्त समयमा गोल गरे।

पहिलो हाफमा गोल गरेका मोराटा दोस्रो हाफको इन्ज्युरी समयमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

शनिबारको सँगै युभेन्टस १७ अंकका साथ पाँचौ स्थानमा छ भने बेनिभेन्टो १० अंकका साथ नवौं स्थानमा छ।

शनिबार रातिकै खेलमा इन्टर मिलानले सौसेलोलाई उसकै मैदानमा ३–० गोलले हराएको छ। 

इन्टरको जितका लागि एलेक्स सान्चेज, भ्लाद किरिचेज र रोबर्टो गाग्लिर्दिनीले समान १–१ गोल गरे।

जितसँगै मिलान अंकतालिकाको दोस्रो स्थानमा छ भने पराजित सौसेले समान १८ अंकका साथ तेस्रो स्थानमा छ। यि दुवै टिम एक खेल कम खेलेको इसी मिलानभन्दा दुई अंकले पछि छन्।

१७ अंकका साथ चौथो स्थानमा रहेको रोमाले भने आज राति नापोलीसँग खेल्दैछ।

त्यस्तै, शनिबारको अन्तिम खेलमा वेरोनासँग एटलान्टा पराजित भएको छ। एटलान्टाको घरेलु मैदानमा सम्पन्न खेलमा ऊ पाहुना टिमसँगै २–० गोलले पराजित भएको छ।

पछिल्लो सिजनमा राम्रो प्रदर्शन गरेको एटलान्टा अहिले १४ अंकका साथ नवौं स्थानमा छ भने विजेता वरोना १५ अंकका साथ छैटौं स्थानमा छ।
 

प्रकाशित: Nov 29, 2020| 02:51 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।