सोमबार, असार २९, २०८३

नेयमारको गोलका बाबजुद बराबरीमा रोकियो पीएसजी

फ्रेन्च लिग वान अन्तर्गत शनिबार राति सम्पन्न खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन(पीएसजी) बराबरीमा रोकिएको छ।
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

काठमाडौं– फ्रेन्च लिग वान अन्तर्गत शनिबार राति सम्पन्न खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन(पीएसजी) बराबरीमा रोकिएको छ।

पीएसजीको घरेलु मैदानमा सम्पन्न खेलमा उसले बोरडिअक्ससँग २–२ गोलको बराबरी खेलेको हो।

खेलको १० औं मिनेटमा पीएसजीका टिमोथी पेम्बेलेले आफ्नै पोस्टमा गोल गरेपछि घरेलु टिम सुरुवातमै एक गोलले पछि परेको थियो। 

यस्तो अवस्थामा ब्राजिलियन फरवार्ड नेयमारले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

२७ औं मिनेटको उक्त गोलको एक मिनेट पनि नबित्दै मोइसे किनले गोल गरेर पीएसजीलाई अग्रता दिलाएका थिए।

तर बोरडिअक्सका यासिन एड्लीले ६० औं मिनेटमा गोल गर्दै खेललाई फेरि बराबरीमा ल्याए।

यससँगै दुवै टिमले १–१ अंक बाँडेका छन्। अंकतालिकामा २५ अंकका साथ पीएसजी शीर्षस्थानमा छ भने बोरडिअक्स १६ अंकका साथ ११ औं स्थानमा छ।
शनिबार राति नै सम्पन्न अर्को खेलमा मार्सेल्लीले नान्टेसलाई ३–१ गोलले हराएको छ।
 

प्रकाशित: Nov 29, 2020| 02:18 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।