मंगलबार, चैत ३, २०८२

महरेजको ह्याट्रिक: सिटीलाई पुनर्जीवन 

इंग्लिस प्रिमियर लिग (ईपीएल)मा म्यानचेस्टर सिटी २०१० यताकै खराब अवस्थामा रहेपछि उसको गोल स्कोरिङ क्षमतामा प्रश्न चिन्ह खडा भएको थियो।
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल)मा म्यानचेस्टर सिटी २०१० यताकै खराब अवस्थामा रहेपछि उसको गोल स्कोरिङ क्षमतामा प्रश्न चिन्ह खडा भएको थियो।

National life

तर शनिबार राति इतिहाद रंगशालामा सम्पन्न खेलमा घरेलु टिम सिटीले बर्नलीलाई पाँच गोलले हराएपछि उसको गोल क्षमताले पुनर्जीवन पाएको छ।

लिगमा अहिलेसम्मको अवस्थामै सिटीले दुई हार र तीन बराबरी खेलिसकेको छ। उत्कृष्ट प्रशिक्षक रहिसकेको पेप ग्वार्डिओलाको टिमका लागि यो लज्जास्पद विषय समेत हो।

किनभने उनको प्रशिक्षणमै रहेको सिटीले विगतका तीन सिजनमा क्रमशः १०२, ९५ र १०६ गोल गरेको छ।

तर जारी सिजनका सुरुवाती ८ खेलमा उसले १० गोलमात्र गर्न सकेको थियो। र, जारी सिजनको ओपनिङ गेम नहेर्ने हो भने उसले एकै खेलमा तीन गोल गर्न सकेको थिएन।

Laxmi sunrise bank
kumari

त्यस्तै, सिटीमा सर्जियो अग्युरो पनि चोटका कारण अझैसम्म टिम बाहिर छन्। यस्तो अवस्थामा बर्नली उसका लागि गोल सँख्या बढाउन राम्रो टिम सावित भयो। किनभने उसले सबैखाले खेलमा बर्नलीलाई पाँच गोलभन्दा धेरैले हराउन सकेको छ।

साथै, उसले जुलाईपछि एकै खेलमा पाँच गोलसमेत गरेको छ। पाँच गोलका लागि शनिबार रातिको खेलमा रियाद महरेजले ह्याट्रिक गरे।
उनले खेलको छैटौं, २२ औं र ६९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन्। यसबीच बेञ्जामिन मेन्डीले ४१ औं मिनेटमा र फराट टोरेसले ६६ औं मिनेटमा गोल गरे।

गोलको लागि केभिन डि ब्रुनले दुई पास उपलब्ध गराए भने वल्कर, ग्याब्रियल जिसस र फिल फोडेनले १–१ पास उपलब्ध गराएका थिए।
यसअघि गोल तालिकामा सिटीको स्थान १२ नम्बरमा थियो। जुन फुलहाम, वेस्ट हाम र ब्राइटोनसँग बराबरी हो। 

यसको मतलव अट्याकिङमा युरोपकै उत्कृष्ट मानिएको टिमले भन्दा धेरै गोल अन्य ११ टिमले गरेका थिए। यसबारे प्रशिक्षक ग्वार्डिओला भन्छन्, ‘यो एउटा हाम्रो गेम थियो। यसअघि पनि अवसरहरु सिर्जना हुन्थे। आज चाहिँ अवसरको सदुपयोग पनि भयो।’

जारी सिजनमा सिटीबाट रहिम स्टार्लिङ र फरान टोरेसले समान पाँच–पाँच गोल गरेका छन् भने फिल फोडेन र रियाद महरेजले चार गोल गरिसकेका छन्।

यस्तो अवस्थामा ग्वार्डिओलाले ग्याब्रियल जिसस र रहिम स्टार्लिङ धेरै गोल गर्नुपर्ने बताएका छन्।

ईपीएल अंकतालिकामा अहिले म्यानचेस्टर सिटी १५ अंकका साथ आठौं स्थानमा छ भने पराजित बर्नली पाँच अंकका साथ रेलिगेसन जोनमा छ।
 

प्रकाशित: Nov 29, 2020| 02:08 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।