आइतबार, असार २८, २०८३

रियल मड्रिड पराजित, इडेन हजार्ड फेरि चोटग्रस्त

स्पेनिस शीर्ष फुटबल लिग ‘ला लिगा’को शनिबार राति सम्पन्न खेलमा साविक विजेता रियल मड्रिड पराजित भएको छ।
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

 
काठमाडौं – स्पेनिस शीर्ष फुटबल लिग ‘ला लिगा’को शनिबार राति सम्पन्न खेलमा साविक विजेता रियल मड्रिड पराजित भएको छ।
घरेलु मैदान अल्फ्रेदो डि स्टेफानोमा सम्पन्न खेलमा रियलले अलाभेससँग २–१ गोलको हार बेहोरेको हो।

यसका साथै रियल मड्रिडलाई  खेलमा अर्को घाटा लागेको छ। बेल्जियन फरवार्ड इडेन हजार्ड पुनः एकपटक घाइते भएका छन्।

चोटकै कारण उनले जारी लिगका तीन खेलमा मात्र सहभागिता जनाउन पाएका छन् भने क्लबका चार खेलमा सहभागी बनेका छन्। 
शनिबार रातिको खेलमा खुट्टामा चोट लागेपछि उनी २८ औं मिनेटमै मैदानबाट बाहिरिएका थिए।

खेलको सुरुवातमै घरेलु टिमले कर्नर पाएको थियो। सो कर्नर बलमा अलाभेसका ल्यागुर्डियाको हेडर रियलका नाचोको हातमा लागेपछि पाहुना टिमले सुरुवातै पेनाल्टी पायो।

पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै लुकास पेरेजले पाँचौ मिनेटमै गोल गरेर सुरुवाती अग्रतासमेत बनाए। यससँगै पहिलो हाफमा अलाभेस एक गोलले अघि रह्यो।

उसले दोस्रो हाफको ४९ औं मिनेटमा गोल थपेपछि भने रियललाई दुई गोलले पछि पार्यो। यसपटक जोसेलुले गोल गरे।

दुई गोलले पछि परेको अवस्थाका कासिमेरोले रियलका लागि सान्त्वना गोल गरे। उनले गोल गरेसँगै खेलको नतिजा २–१ भएको हो।
जारी सिजनमा तेस्रो हार बेहोरेको प्रशिक्षक जिनेदिन जिदानेको टिम अंकतालिकाको चौथो स्थानमा छ। 

उसले १७ अंक बनाउँदा शीर्ष दुई टिम रियल सोसिडाड र एट्लेटिको मड्रिडले ६ अंकले पछि पारेका छन् भने तेस्रो स्थानको भिल्ला रियललले पनि दुई अंकले पछि पारेको छ।
 

प्रकाशित: Nov 29, 2020| 01:17 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।