काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन्।
श्रेष्ठ ६२ मतसहित निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले ३७ मत पाएका छन्।
अञ्जन किशोरकुमार प्रधान प्यानलबाट वस्तुगत उपाध्यक्षमा उठेका थिए।
श्रेष्ठ यसअघि उद्योग समितिको सभापति थिए। उनी व्यवसायिक घराना लक्ष्मी समूहका कार्यकारी निर्देशक हुन्।