सोमबार, जेठ ४, २०८३

पाठ्यक्रम लागू गर्न नयाँ दरबन्दी सिर्जना

महानगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्न सबै सामुदायिक विद्यालयमा दरबन्दी नै सिर्जना गरी शिक्षक पठाउने भएको छ। 
 |  शनिबार, मंसिर १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १३, २०७७

काठमाडौँ- महानगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्न सबै सामुदायिक विद्यालयमा दरबन्दी नै सिर्जना गरी शिक्षक पठाउने भएको छ। 

National life

यही शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भने पनि कारोना भाइरसका कारण पठनपाठन ठप्प हुँदा पाठ्यक्रम लागू हुन नसकेको हो।

महानगरपालिकाका शिक्षा विभाग प्रमुख नमराज ढकालका अनुसार हाल महानगरमा सञ्चालित ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा आगामी शैक्षिकसत्रदेखि अनिवार्य रुपमा आधारभूत तहमा स्थानीय पाठ्क्रम लागू गरिनेछ। 

पठनपाठनका लागि पाठ्यसामग्री तयारी अवस्थामा रहेको छ। संस्थागत विद्यालयमा पाठ्यसामग्री पठाउने र सामुदायिक विद्यालयमा नयाँ दरबन्दी सिर्जना गरी शिक्षकसहित पठाउने तयारी महानगरपालिकाको छ। 

स्थानीयस्तरको भाषाका बारेमा जानकारी दिनका लागि कक्षा १ देखि ८ सम्म १०० पूणांकको पाठ्यक्रम अनिवार्य लागू गर्न लागिएको हो। सो विषय पठनपाठन गर्नका लागि महानगरपालिकाको ५३औँ कार्यपालिका बैठकले विद्यालयमा पठाइने शिक्षकलाई प्रशिक्षण दिने निर्णयसमेत गरिसकेको छ।   

हाल महानगरपालिकाका सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन्। सामुदायिक विद्यालयमा एक हजार ७९१ शिक्षक कार्यरत छन्। रासस

प्रकाशित: Nov 28, 2020| 09:15 शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्