काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ।
महासंघको ५४ औं वार्षिक साधारणसभाको बन्दसत्र सम्पन्न भएसँगै नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको हो।
६३ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ। बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने निर्वाचनका लागि काठमाडौका तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा यसरी भइरहेको छ मतदान