आइतबार, असार २८, २०८३

आठ महिनापछि पोखरा रंगशालामा खेलकूद गतिविधि

कोरोना कहरका कारण गत चैत १० देखि बन्द भएका रंगशाला तथा खेलकूद गतिविधि पुनः सञ्चालन गर्ने सरकारको निर्णयपछि पोखरा रंगशालामा खेल अभ्यास तथा प्रशिक्षण सुरु भएको छ। 
 |  शनिबार, मंसिर १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १३, २०७७

पोखरा– कोरोना कहरका कारण गत चैत १० देखि बन्द भएका रंगशाला तथा खेलकूद गतिविधि पुनः सञ्चालन गर्ने सरकारको निर्णयपछि पोखरा रंगशालामा खेल अभ्यास तथा प्रशिक्षण सुरु भएको छ। 

आठ महिना बन्द भएको रंगशाला खुलाउन सरकारले निर्देशन दिएपछि खेलकूद शहरको रुपमा स्थापित पोखरामा खेल गतिविधि सुरु भएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ। 

सरकारले गत मंसिर १ पछि खेलगतिविधि सुरु गर्ने निर्णय गरेको थियो। रंगशाला तथा खेलकूद प्रशिक्षण स्थलहरू लामो समयसम्म बन्द हुँदा खेलाडी तथा प्रशिक्षक अभ्यासबाट बञ्चित भएका थिए। 

फुटबल, भलिबल, व्याडमिन्टन, बास्केटबल, स्क्वास, क्रिकेट, टेनिस, बक्सिङ, कराँतेलगायतका खेलका खेलाडीहरू अभ्यासका लागि रंगशाला आउन थालेको समितिका प्रमुख प्रकाश बरालले बताए। 

यसैगरी पोखरामा निजी क्षेत्रबाट सञ्चालित शारीरिक अभ्यास स्थलहरु (जिम सेन्टर), फुटसलहरू पनि सञ्चालनमा आएपछि खेल गतिविधि सामान्यीकरण हुँदै गएको बताइन्छ। 

कार्यालय प्रमुख बरालले भने, ‘सरकारले निर्देशनपछि तिहार लगत्तै हामीले बन्द रंगशाला खेलाडी तथा प्रशिक्षकहरूलाई अभ्यासका लागि खुला गरेका छौँ। अझै कोरोना त्रास कायमै रहेकाले साविकमा जस्तो अवस्था नरहेपनि विस्तारै सामान्यीकरण हुँदै गएको छ, सबै खेलका २५ प्रतिशत हाराहारीमा अभ्यास गतिविधिहरू सञ्चालित छन्।’

रंगशालामा स्वास्थ्य सुरक्षा मापदण्डको पालनाका लागि सबै खेल संघ, खेलाडी तथा प्रशिक्षकलाई आग्रह गरिएको समितिले जनाएको छ। स्वास्थ्य सुरक्षा मापदण्डको पालनालाई पहिलो शर्त बनाइएको बताइन्छ।

यसैबीच देशकै सबैभन्दा ठूलो निर्माणाधीन फुटबल रंगशालाको काम अन्तिम चरणमा पुगेको छ। फुटबल रंगशालासँगै वैकल्पिक फुटबल मैदान पनि बन्दाबन्दीकै अवधिमा निर्माण सम्पन्न गरिएको हो। 

भलिबल, टेनिस, व्याडमिन्टन, बास्केटबल र आर्चरी खेलका पूर्वाधार तथा बहुउद्देश्यीय कभर्ड हल रंगशालाभित्र छ। क्रिकेट मैदान तयारी तयार रहेपनि पूर्वाधार बनाउन बाँकी छ। 

प्रकाशित: Nov 28, 2020| 06:46 शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।