आइतबार, असार २८, २०८३

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण देखिको छ। 
 |  शनिबार, मंसिर १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १३, २०७७

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण देखिको छ। 

उनले समाजिक सञ्जामार्फत आफूलाई कोभिड–१९ पोजेटिभ देखिएको बताएका हुन्।

उनले लेखेका छन, ‘म नियमित कोभिड–१९ को टेस्ट गराइरहेको छु र आज मेरो रिपोर्ट पोजेटिभ आएको थाहा पाएँ।’

उनले गत बुधबारपछि शरीरमा दुखाई महशुस भए पनि स्वास्थ्य सुधार हुँदै गएको जानकारी दिएका छन्। 

‘मेरो स्वास्थ्य सुधारोन्मुख छ। म अहिले होम आइसोलेसनमा छु,’ उनले लेखेका छन्।

उनले कोरोना जितेर चाँडै मैदानमा फर्कने जाकारी पनि गराएका छन्।

नेपालमा गत मंसिर ११ गतेबाट राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ। लामिछाने राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य हुन्।

केही समयको बन्द प्रशिक्षणपछि उनी आउँदो डिसेम्बर १० बाट सुरु हुने बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जाने तयारीमा छन्।

यस्तै केही समयअघि कोरोना संक्रमित भएका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र ब्याट्स्मेन रोहित कुमार पौडेल संक्रमण मुक्त भएका छन। उनीहरुको शुक्रबार  पीसीआर रिपोर्ट नेगेटिभ आएको हो।  

प्रकाशित: Nov 28, 2020| 02:12 शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।