काठमाडौं– जारी एक दिवसीय क्रिकेट प्रतियोगितामा आयोजक अष्ट्रेलियाले इन्डियालाई ६६ रनले हराएको छ। टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा ३७४ रन बनाएपछि पाहुना टिमले ३७५ रनको लक्ष्य पाएको थियो।
जवाफी ब्याटिङमा आएको इन्डियाले पूरा ओभर खेल्दै आठ विकेटको क्षतिमा ३०८ रनमात्र बनाएपछि खेल अष्ट्रेलियाले जितेको हो।
आईसीसी सुपर लिग अन्तर्गत खेलको पहिलो इनिङमा ओपनर डेबिड वार्नरले ६९ रन बनाए भने ग्लेन म्याक्सबेलले ४५ रन बनाउन सके। १२४ बल खेलेका कप्तान आरोन फिन्चले भने दुई छक्का र नौ चौकाको सहयोगमा ११४ रनको सतकिय इनिङ खेले।
इन्डियनका लागि महँगो सावित भएका फिन्चलाई जसप्रित बुमराहले ३९.६ ओभरमा केएल राहुलको हातबाट क्याचआउट गराए।
त्यसपछि मात्र पाहुना टिमको दबाब कम भयो। तर अर्का ब्याट्स्मेन स्टिभ स्मिथले पनि १०५ रनको सतकिय पारी खेल्दै अष्ट्रेलियालाई सहज अवस्थामा अवतरण गराएपछि भने इन्डियाले विशाल लक्ष्य पायो। जहाँ स्मिथले ६६ बलमा चार छक्का र ११ चौकाका साथ १०५ रन बनाए।
यता इन्डियाका मोहम्मद शामीले वार्नर, स्मिथ र म्याक्वेललाई पेवेलिन पठाउँदै तीन विकेट लिए भने बुमराह, नवदिप शैनी र युजवेन्द्र चहलले समान १–१ विकेट लिए।
३७५ रनको लक्ष्य पछ्याएको इन्डियाले ५३ रनको साझेदारीमै ओपनिङ ब्याट्स्मेन मयंक अग्रवाल गुमायो। उनले २२ रन जोडे भने कप्तान विराट कोहलीले २१ रन बनाए।
श्रेयस अयर र केएल रहुल क्रमशः २ र १२ रनमा आउट भएको खेलमा हार्दिक पाण्ड्याले ९० रन बनाएका थिए। पाण्ड्याले चार छक्का र सातस चौका प्रहार गर्दै सतक हान्नबाट १० रनले चुके। त्यस्तै शिखर धवन लाई ७४ रनमा जम्माले पेवेलियन फर्काए।
त्यस्तै रविन्द्र जाडेजा २५ रनमा आउट बने भने नवदिप शैनीले अविजित २९ रन बनाए। यता अष्ट्रेलियाका एडम जम्पाले चार विकेट लिए भने जोस हाज्लेवुडले तीन विकेट लिए।
इन्डियाले अष्ट्रेलिया भ्रमणमा तीन एकदिवसीय, तीन टी–२० र तीन टेस्ट म्याच खेल्नेछ। पहिलो एक दिवसीय खेल सम्पन्न भएको छ भने दोस्रो र तेस्रो खेल नोभेम्भर २९ र डिसेम्बर ३० मा हुनेछ।
त्यस्तै टी–२० खेल चार डिसेम्बरमा सुरु भएर ८ डिसेम्बरमा सकिनेछ। त्यस्तै टेस्ट खेल भने १७ डिसेम्बरमा सुरु भएर १५ जनवरीमा सकिनेछ। यसबीच भारतीय टिम र अष्ट्रेलियन टिमले दुई अतिरिक्त खेल (टुर म्याच) पनि खेल्नेछन्।