सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हवाई सुरक्षा बलियो छ, ईयूले प्रतिबन्ध जारी राख्नुपर्ने कारण छैन : पर्यटनमन्त्री 

हवाई सुरक्षा बलियो छ, ईयूले प्रतिबन्ध जारी राख्नुपर्ने कारण छैन : पर्यटनमन्त्री 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले युरोपेली संघ (ईयू) ले नेपालको हवाई क्षेत्रमा लगाएको उडान प्रतिबन्ध छिट्टै हट्ने बताएका छन्। 
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले युरोपेली संघ (ईयू) ले नेपालको हवाई क्षेत्रमा लगाएको उडान प्रतिबन्ध छिट्टै हट्ने बताएका छन्। 

नेपालको हवाई सुरक्षास्तर अन्य मुलुकको तुलनामा अगाडि रहेको भन्दै मन्त्री भट्टराईले अझै पनि नेपाललाई ईयूले उडान प्रतिबन्ध गर्नुपर्ने कुनै कारण नभएको बताएका हुन्। 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रकाशन गरेको ‘एभिएसन सेफ्टी रिपोर्ट–२०२०’ को शुक्रबार सार्वजनिक गर्दै मन्त्री भट्टराईले ईयूको सुरक्षा चासो अनुरुप नेपालले हवाई उड्डयन क्षेत्रको नीतिगत तथा संस्थागत संरचनाको सुधार प्रक्रियामा रहेकाले चाँडै नै नेपालका जहाज विश्वका जुनसुकै मुलुकमा उडान भर्न सक्ने दाबी गरे। 

पर्यटनमन्त्री भट्टराईल भने, ‘अन्य मुलुकभन्दा हामी हवाई सुरक्षास्तरमा माथी छौं, अझै पनि प्रतिबन्ध लगाइरहनुपर्ने आवश्यकता छैन।’ 

उनले ईयूको उडान प्रतिबन्ध फुकुवाको वातावरणका लागि सबैको लभिङ र संयुक्त पहलकदमी चाहिने बताए। पर्यटनमन्त्री भट्टराईले कानुनी प्रक्रिया पूरा गरी चाँडै ईयूको प्रतिबन्ध फुकुवा गरिने दाबी पनि गरे। 
 

 

प्रकाशित: Nov 27, 2020| 11:57 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्