आइतबार, असार २८, २०८३

न्युुजिल्यान्डको जितमा लकीले लिए पाँच विकेट

न्युजिल्यान्ड भ्रमणमा रहेको वेस्ट इन्डिजले पहिलो खेलमा घरेलु टिमसँग पाँच विकेटको पराजय भोगेको छ।
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं– न्युजिल्यान्ड भ्रमणमा रहेको वेस्ट इन्डिजले पहिलो खेलमा घरेलु टिमसँग पाँच विकेटको पराजय भोगेको छ।

वर्षाका कारण डिएल मेथडबाट १६ ओभर र १७६ रनको लक्ष्यमा छोट्याइएको टी–२० खेलमा घरेलु टिमले जित निकालेको हो।

अकल्यान्ड रंगशालामा शुक्रबार दिउँसो सम्पन्न खेलमा न्युजिल्यान्डले १५.२ ओभरमै लक्ष्य पूरा गर्यो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले पूरा ओभर खेल्दै सात विकेटको क्षतिमा १८० रन बनाएको थियो।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ३४ रन बनाए भने कप्तान किरोन पोलार्डले सर्वाधिक ७५ रन जोडे। फबियन एलेनले ३० रन जोडेको खेलमा अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

बरु न्युजिल्यान्डका लकी फग्र्युसनले पाँच विकेट गिराए भने टिम साउथीले दुई विकेट लिए। जवाफी ब्याटिङमा आएको न्युजिल्यान्डका जेम्स निसमले ४८ रन बनाए भने डेवोन कन्भेले ४१ रनको योगदान दिए।

वेस्ट इन्डिजको ओसाने थोमसले दुई विकेट लिए भने एक विकेट लिनेमा शेल्डन कटरेल र किरोन पोलार्ड रहे। खेलमा लकी फग्र्युसन प्लेयर अफ दि म्याच घोषित भए।

यससँगै न्युजिल्यान्डमा ८ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट मैदान फर्किएको छ।
 

प्रकाशित: Nov 27, 2020| 11:55 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।