काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबार कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।
गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी प्रभूप्रसाद ढकाल र कास्की जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी जीवनकुमार श्रेष्ठले संयुक्तरुपमा काउण्टरको उद्घाटन गरेका हुन्।
बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई ध्यानमा राखेर पोखरा महानगरपालिका– ९, नयाँबजारस्थित ट्राफिक प्रहरी कार्यालय परिसरमा एक्सटेन्सन सञ्चालनमा ल्याएको जनाएको छ।
ग्लोबल आइएमई बैंकका ७३ जिल्लामा २६४ शाखा, २३९ एटिएम, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउण्टर, २३१ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालय छन्। बैंकले आफ्ना २१ लाखभन्दा बढी ग्राहक रहेको जनाएको छ।