सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बन्दसत्रमा ढकालले भने– मसँग भिजन छ, अरुको एजेण्डा बोक्नेले संस्थाको विकास गर्दैन

बन्दसत्रमा ढकालले भने– मसँग भिजन छ, अरुको एजेण्डा बोक्नेले संस्थाको विकास गर्दैन

नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्ड हुनुपर्ने बताएका छन्। 
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्ड हुनुपर्ने बताएका छन्। 

जारी साधारणसभाका क्रममा शुक्रबारको बन्द सत्रमा ढकालले नेतृत्व गर्न जाने व्यक्तिसँग संस्थालाई कुशलतापूर्वक हाँक्ने र त्यसमा आवद्ध व्यक्तिको भविष्य सुनिश्चित गर्ने भिजन र एजेण्डा हुनुपर्ने बताएका हुन्। 

ढकालले आफ्नै भिजन र एजेण्डामार्पmत् महासंघमा आमूल परिवर्तन ल्याउँदै व्यवसायीको मनोबल उच्च बनाउने र व्यवसायमैत्री वातावरण बनाउन लागिपर्ने बताए। 

उनले भने, ‘निजी क्षेत्रलाई चाहिएका एजेण्डा मैंले बोकेको छु। आगामी दिनमा यी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु।’ 

उनले आधा शताब्दीको इतिहास भएको संस्थाको नेतृत्व गर्ने व्यक्ति वास्तविक व्यवसायी र व्यवसायीका समस्यासँग जानकार भएको हुनुपर्ने पनि बताएका छन्। 

११ मंसिरदेखि काठमाडौंमा महासंघको ५४औं साधारण सभा चलिरहेको छ। भोलि, १३ मंसिरमा सभाअन्तर्गत नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै छ। 

विधानअनुसार आगामी कार्यकालको लागि वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष हुँदैछन्। वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा छन्। 

प्रकाशित: Nov 27, 2020| 10:16 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्