सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उपल्लो र अपर खिम्तीले मंसिर अन्तिमबाट उत्पादन थाल्ने 

उपल्लो र अपर खिम्तीले मंसिर अन्तिमबाट उत्पादन थाल्ने 

उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् मंसिर अन्तिमबाट उत्पादन हुने भएको छ।  
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं– उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् मंसिर अन्तिमबाट उत्पादन हुने भएको छ।    

दोलखा र रामेछापको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन १२ मेगावाट उपल्लो खिम्ती पहिलो र सात मेगावाट अपर खिम्ती दोस्रो गरी कूल १९ मेगावाट विद्युत् उत्पादन हुन लागेको हो।  

हिमालय ऊर्जा विकास कम्पनीले निर्माण गरेको दुवै आयोजनमा उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको आयोजनका मेकानिकल इञ्जिनियर अमित सिंहले जानकारी दिए। 

आयोजनाबाट उत्पादित विद्युत् गर्जाङमा निर्माणाधीन सवस्टेशनमा जोडिने छ। 

तीन अर्ब १५ करोड लागतमा निर्माण भएका दुई आयोजनामा नबिल बैंक, नेपाल बैंक लिमिटेड, एभरेष्ट बैंक र एस डेभलपमेन्ट बैंकले दुई अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी गरेका छन्। 
 

प्रकाशित: Nov 27, 2020| 08:29 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्