मंगलबार, चैत ३, २०८२

असाधारण खेलाडीको अन्तिम बिदाइ पनि असाधारण

विश्व प्रख्यात फुटबल खेलाडी डिएगो म्याराडोनाको अन्तिम संस्कार उनका सीमित साथीभाइ र नातेदारका बीच गरिएको छ।
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

विश्व प्रख्यात फुटबल खेलाडी डिएगो म्याराडोनाको अन्तिम संस्कार उनका सीमित साथीभाइ र नातेदारका बीच गरिएको छ। उनको अन्तिम संस्कारमा करिब २५ जनामात्र सहभागी हुन पाए। 

National life

बुधबार म्याराडोनाको निधन भएपछि अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सको सकडमा उदास अनुहार लिएका मानिसहरुको भीड थियो। अर्जेन्टिनामात्र होइन, म्याराडोनाको निधनमा विश्वभरका उनका फ्यान दुःखी छन्। 

अर्जेन्टिनामा तीन दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ। म्याराडोनाको शवमा अर्जेन्टिनाको राष्ट्रिय झण्डा र फुटबल जर्सी ओढाइएको थियो। जर्सीमा १० नम्बर लेखिएको थियो। कारण– म्याराडोनाले सधैं १० नम्बरको जर्सी लगाएर खेले।

उनको शवलाई अन्तिम दर्शनका लागि राष्ट्रपति भवनमा राखिएको थियो। उनलाई अन्तिमपल्ट हेर्न मानिसरुहरुको लाइन एक किलोमिटरभन्दा बढीसम्म लागेको थियो। भीड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास र रबरको गोलीसमेत चलाउनु परेको थियो। 

यो पनि पढ्नुहोस्

Laxmi sunrise bank
kumari

एक दिन हामी आकाशमा सँगै फुटबल खेल्नेछौं डिएगो : पेले

‘गुडबाइ म्याराडोना’

प्रकाशित: Nov 27, 2020| 07:10 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।