सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया डाइनामिक डेब्ट फन्ड योजनाकाे बिक्री सुरू

एनआईसी एशिया डाइनामिक डेब्ट फन्ड योजनाकाे बिक्री सुरू

एनआईसी एशिया डाइनामिक डेब्ट फन्ड योजना शुक्रबारदेखि बिक्री सुरु भएको छ।
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं- एनआईसी एशिया डाइनामिक डेब्ट फन्ड योजना शुक्रबारदेखि बिक्री सुरु भएको छ। 

सो फन्ड एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालमा रहने छ भने एनआईसी एशिया बैंक कोष प्रबर्धक रहने छ।

सो फन्ड ५ करोड इकाइ अर्थात् ५० करोड रुपैयाँ बराबरको हो। सो फन्ड प्रति इकाइ १० रुपैयाँ दरले बिक्री खुल्ला गरिएको हो। 

५० करोड रुपैयाँ मध्ये ७५ लाख रुपैयाँ बराबरको इकाइ कोष प्रबर्धक एनआइसी एशिया बैंकलाई र बाँकी ४ करोड २५ लाख इकाई अर्थात ४९ करोड २५ लाख रुपैयाँ बराबरको इकाई पहिलो चरणमा सर्वसाधारणले एक करोड २५ लाख इकाइमा आवेदन दिन पाउनेछन्। 
सो योजनामा छिटोमा मंसिर १६ र ढिलोमा मंसिर २६ गतेसम्म आवेदन दिन सक्नेछन्। 

यस योजनामा प्रति इकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईका लागि र अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिने बैंकले जनाएकाे छ।

प्रकाशित: Nov 27, 2020| 05:52 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्