मंगलबार, चैत १०, २०८२

स्कटल्यान्ड बन्यो स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने पहिलो देश

अब स्यानिटरी प्याड सामुदायिक केन्द्र, युवा क्लब, शौचालय र फार्मेसीहरुमा निःशुल्क उपलब्ध हुनेछ।
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

स्कटल्यान्डका महिलाले महिनावारी हुँदा स्यानिटरी लगायतका सामग्री निःशुल्क पाउने भएका छन्। 

National life

स्कटल्यान्ड यस्ता सामग्री निःशुल्क वितरण गर्ने पहिलो मुलुक बनेको छ। त्यहाँको संसद्ले हालै पिरियड प्रोडक्ट्ससँग सम्बन्धित कानुन पास गरेको हो। 

योसँग महिलामा स्यानिटरी उत्पादनको निःशुल्क पहुँच पुगेको छ।

मतदान हुनुअघि संसद् सदस्य मोनिका लेननले भनिन्, 'अब कसैले पनि महिनावारीका बेला स्यानिटटरी प्याड कहाँ छ भनेर चिन्ता गर्नु पर्दैन।' 

लेननले नै सन् २०१९ को अप्रिलमा यो विधेयक संसदमा पेस गरेकी थिइन्। उनले यसलाई कानुनी रुप दिन धेरै समय लागेको बताइन्।

Laxmi sunrise bank
kumari

कानुनअनुसार अब स्यानिटरी प्याड सामुदायिक केन्द्र, युवा क्लब, शौचालय र फार्मेसीहरुमा निःशुल्क उपलब्ध हुनेछ।

तोकिएका स्थानहरुमा स्यानेटरी प्याडलगायतका सामग्री पाइने भएपछि यसका लागि महिला बजार वा स्टोरमा धाइरहन नपर्ने भएको छ।

यस्तै स्यानिटरी प्याड विश्वविद्यालय, कलेज र विद्यालयमा पनि स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराइनेछ। यसबाट छात्राहरुले आवश्यक पर्दा प्रयोग गर्न सक्नेछन्।

सांसद लेननले विद्यालयमा पनि महिनावारीबारे शिक्षा दिन आवश्यक रहेको बताइन्। एएफपी

प्रकाशित: Nov 27, 2020| 04:15 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्