मंगलबार, चैत ३, २०८२

‘गुडबाइ म्याराडोना’

फुटबलर डियागो म्याराडोनाको अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा अन्तिम संस्कार गरिएको छ।
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं– फुटबलर डियागो म्याराडोनाको अन्तिम संस्कार गरिएको छ। एक व्यक्तिगत कार्यक्रममा उनको अन्तिम संस्कार गरिएको बीबीसीले जनाएको छ।

National life

अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा २४ जना सम्मिलित कार्यक्रममा उनको अन्त्येेष्टि संस्कार गरिएको हो। म्याराडोनालाई उनका मातापिताको  चिहान नजिकै  पुरेर अन्त्येष्टि गरिएको हो।

उनको मृत्युमा तीन दिनको शोक मनाउने अर्जेन्टिना सरकारले घोषणा गरेको छ। म्याराडोनाको विदाईका बेला उनको कफिन कालो रंगको कपडाले ढाकिएको थियो। साथमा फूलहरु राखिएका थिए।

त्यसअघि मानिसको ठूलो भीडले उनको सम्झनामा सम्मान व्यक्त गरेका थिए। 

Laxmi sunrise bank
kumari

उनको गत बुधबार हृदयघातकाकारण निधन भएको थियो। उनको निधनले विश्वका धेरै मानिसलाई दुखी बनाएको छ।

मृत्युपछि उनलाई अर्जेन्टिनाको झण्डा र फुटबल जर्सी ओढाइएको  थियो। उनको शवलाई बिहीबार प्रेसिडेन्सियल प्यालेसमा समर्थकको सम्मानका लागि राखिएको थियो।

उनको विदाईमा प्यालेसअघि एक किलोमिटरभन्दा लामो दुरीसम्म मानिसको उपस्थिति थियो। मानिसको भीड धेरै ठूलो भएपछि प्रहरीले अश्रु ग्यास र रबर बुलेटको प्रयोग गरेको थियो।

भीडमा उपस्थित समर्थक रुबिन हर्नान्डजले भने, ‘हामी शान्त थियौँ। तर प्रहरीले रबर बुलेट प्रहार गर्‍यो। म म्याराडोनालाई ‘गुडबाइ मात्र भन्न त्यहाँ गएको थिएँ।’

तर भीडलाई नियन्त्रण गर्न नसकिने भएपछि अर्जेन्टिनी अधिकारीले म्याराडोनको कफिन हेर्न रोक लगायो।

उनको सम्झनामा ‘इफ यू डन्ट जम्प, यू आर इंग्लिस..’ भन्ने गीत गाइएको थियो। गीत १९८६ को फिफा विश्वकपमा अर्जेन्टिनाको समर्थकको फेबरेट गीत थियो।

सोही वर्ष म्यराडोनाले इंग्ल्यान्डविरुद्ध हातले गोल गरेका थिए। र, चार वर्षअघि मात्र इंग्ल्यान्ड र अर्जेन्टिनाले फल्कल्यान्डमा युद्ध गरेका थिए।

दक्षिण अमेरिकी पत्रकार केटी वाट्सनका अनुसार यो मृत्यु एक अर्जेन्टीनी फुटबलको मृत्यु मात्र नभएर अर्जेन्टिनालाई विश्वमा परिचित गराउने मानिसको निधन पनि हो।

म्याराडोनाले इटालियन क्लब नापोलीमा सात सिजन बिताएका  थिए। त्यहाँ उनले उत्कृष्ट खेल प्रदर्शन गर्दै क्लबलाई धेरै उपाधिसमेत दिलाए।

त्यसको सम्झनास्वरुप नापोलीले बिहीबार रातिको खेलमा म्याराडोनालाई श्रद्धाञ्जली दिएका थिए।

नापोलीका सबै खलाडीले गएरातिका खेलमा १० नम्बरको जर्सी प्रयोग गरेका थिए।

म्याराडोनाले नापोलीबाट १० नम्बरको जर्सी लगाउने गरेका थिए।

उक्त खेलमा नापोलीले २–० गोलको जित निकालेको थियो। त्यस्तै सबै खेलाडीले कालो रंगको आर्मब्यान्ड लगाएका थिए।


 

प्रकाशित: Nov 27, 2020| 03:46 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।