बुधबार, चैत ४, २०८२

युरोपा लिगमा आर्सनलको सानदार जित

 युरोपा लिगअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा आर्सनलले मोल्डेविरुद्ध सानदार जित हात पारेको छ ।
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं- युरोपा लिगअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा आर्सनलले मोल्डेविरुद्ध सानदार जित हात पारेको छ । मोल्डेको अकर रंगशालामा सम्पन्न खेलमा पाहुना टिमले ३-० गोलको जित निकालेको हो।

National life

आर्सनलको जितको लागि निकोलस पेपे, रिइस नेल्सन र फोलारिन बोलोगनले समान १–१ गोल गरेका थिए। गोलरहित बराबरीमा पहिलो हाफ सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएका थिए। 

खेलको जे विल्लोकले पास उपलब्ध गराएपछि पेपेले आर्सनलको लागि सुरुवाती गोल गरेका थिए।

त्यस्तै, विल्लोककै पासमा नेल्सनले गोल गरेपछि आर्सनलले अग्रता दोब्बर बनाएको थियो। खेलको ८३ औं मिनेटमा बोलोगनले गोल गर्दै आर्सनललाई सहज जित दिलाए।

जितसहित इंग्लिस क्लब समूह बीको शीर्षस्थानमा छ। उसको १२ अंक छ। यससँगै उ लिगको नक आउट चरण प्रवेश गरेको छ। इता दास्रो स्थानको मोल्डेको भने ६ अंक छ।

Laxmi sunrise bank
kumari

समान ६ अंक भएको र्यापिड विन तेस्रो स्थानमा छ।

बिहीबार राति नै सम्पन्न खेलमा इटालियन क्लब एसी मिलानले फ्रेन्च क्लब लिल्लेसँग १–१ गोलको बराबरी खेलेको छ।
 

प्रकाशित: Nov 27, 2020| 01:50 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।