बिहीबार, भदौ २५, २०८३

ह्यारी विंक्सको ५० यार्डबाट गोल !

युरोपा लिग अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा इंग्लिस क्लब टोटेनहम हट्स्पुरले फराकिलो जित निकालेको छ।
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं– युरोपा लिग अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा इंग्लिस क्लब टोटेनहम हट्स्पुरले फराकिलो जित निकालेको छ। 

टोटेनहमको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुन टिम लुडोगोरेट्स्लाई ४–० गोलले हराएको हो।

जितसँगै टोटेनहम युरोपा लिगको नकआउट स्टेजको नजिक पुगेको छ।

टोटेनहमका ह्यारी विंक्सले खेलको ६३ औं मिनेटमा ५० यार्डबाटै गोल गरेका छन्। तर खेलपछि पत्रकार भेटघाटमा बोल्दै उनले बल ग्यारेथ बेललाई पास दिन चाहेको बताए।

खेलको अन्तिममा भिनिसियसले दिएको पासलाई सदुपयोग गर्दै लुकास मौराले गोल गरेर टोटेनहमलाई फराकिलो जित दिलाए। तीं दुबै गोल दोस्रो हाफमा सम्भव भएका हुन्।

यता पहिलो हाफको १६ औं र ३४ औं मिनेटमा अल्वेश मोरल्सले गोल गर्दै सानदार सुरुवात गरे। उनको पहिलो गोलका लागि डेले अलीले पास उपलब्ध गराए।

त्यस्तै अलीले टोटेनहमको तीन गोलमा सहभागी बनेका छन्।  खेलपछि बोल्दै प्रशिक्षक जोस माउरिन्होलेले अलीलाई ‘टिम प्लेयर’ भएको बताएका छन्।

पहिलो लेगको खेलमा लुडोगोरेट्सविरुद्ध दुई गोल गरेका कार्लोस भिनिसियसले पनि अलीको प्रसंसा गरेका छन्। किनभने अलीले आफैंले गोल गर्नसक्ने अवस्थाबाट पनि पास उपलब्ध गराएका थिए।

‘उनले आफैं पनि गोल गर्न सक्थे तर चुनौती कम भएको ठाउँबाट गोल गर्न सजिलो हुन्छ। उनले गोलका लागि रिस्क लिन चाहेनन,’ माहोरिन्होले खेलपछि भने। 

अली अक्टोबर २६ मा एन्टवेपको खेलमा बाहिरिएपछि पहिलोपटक टिममा परेका थिए।

जितसँगै घरेलु लिगको शीर्षस्थानमा रहेको टिमले समूह जेमा शीर्षस्थानको एन्टिवेपसँग बराबरी गरेको छ। दुवै क्लबको ९ अंक छ।

प्रकाशित: Nov 27, 2020| 00:57 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।