काठमाडौं– सनराइज बैंकले विश्वको कुनै पनि ठाउँबाट सनराइज बैंकमा तुरुन्तै बचत खाता खोल्न सकिने गरी सनराइज स्मार्ट बचत खाता ल्याएको छ । यस सुविधा अन्तर्गत ग्राहकहरुले अनलाइन मार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् ।
उक्त खाता सक्रिय भएपछि ग्राहकहरुले रकम जम्मा गर्न सक्नुका साथै डिजिटल कारोबारसमेत गर्न सक्नेछन् । उक्त खाताका ग्राहकहरुले मोबाइल बैंकिङ प्रयोग गरी आफैले मुद्घति खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ ।
यसरी अनलाइनबाट खोलिएका सनराइज स्मार्ट बचत खाता शून्य मौज्दातमा खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याज समेत दिने बैंकले जनाएको छ ।
ग्राहकहरुले आफ्नो अनुकूलता अनुसार खाता खोलेको १ वर्ष भित्र भने बैंकमा उपस्थित भइ आफ्नो खाता अद्यावधिक गर्नुपर्नेछ ।