आइतबार, असार २८, २०८३

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु भएको छ।
 |  बिहीबार, मंसिर ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०७७

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको क्रिकेट मैदानमा प्रशिक्षण सुरु गरेको हो। 

प्रशिक्षणअघि कोरोना परीक्षणको लागि खेलाडीहरूको स्वाब संकलन गरिएको थियो।

परीक्षणमा कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित शर्मालाई कोरोना देखिएको छ। 

अन्य खेलाडीले भने बन्द प्रशिक्षणमा सहभागी भएका छन्। 

क्यानले दोस्रो सूचना निकाल्दै पाँच खेलाडीलाई बन्द प्रशिक्षण समावेश गरेको छ।

विक्रम शोव, अनिल साह, कुशल भुर्तेल, रित गौतम र लोकेश बम थपिएका खेलाडी हुन्। 

नेपाली राष्ट्रिय टिमले गत फागुनमा सम्पन्न एसीसी इस्टर्न रिजनको खेलपछि प्रशिक्षण गरेको थिएन। 

बन्द प्रशिक्षणमा २७ खेलाडी छन्। जसमा तीन खेलाडी कोरोना संक्रमणमुक्त भएपछि प्रशिक्षणमा सहभागी हुने छन्।

अहिले प्रशिक्षक जगत टमाटाले प्रशिक्षण गराइरहेका छन्। चैतयता राष्ट्रिय क्रिकेट टिम पहिलोपटक मैदान फर्किएको हो।
 

प्रकाशित: Nov 26, 2020| 10:18 बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।