सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालमा कमाएर विदेशमा लगानी नगर्नुस् : प्रधानमन्त्री 

नेपालमा कमाएर विदेशमा लगानी नगर्नुस् : प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कमाएर विदेशमा लगानी नगर्न व्यवसायीहरूलाई आग्रह गरेका छन्। 
 |  बिहीबार, मंसिर ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कमाएर विदेशमा लगानी नगर्न व्यवसायीहरूलाई आग्रह गरेका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारण सभाको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बढी कमाइको लोभमा मुलुकलाई हानी हुने काम नगर्न व्यवसायीलाई आग्रह गरेका हुन्। 

‘बढी कमाइको लोभमा पूँजी बाहिर लगानी नगर्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीसँग लगानीका प्रशस्त अवसर छन्।’ मुलुकलाई माया गर्न र रोजगारीको सिर्जना गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन्। 

ओलीले लगानीका लागि कानुन बमोजिम र उचित लागेमा कानुन बदलेर पनि व्यवसायीको हितमा सरकार लाग्ने बताए। 

उनले मुलुकमै उत्पादन बढाउन, स्वदेशी सामग्रीको उपभोग गर्न र निर्यातमुखी अर्थतन्त्र बनाउने बाटोमा लाग्न व्यवसायीलाई भनेका छन्। 

उनले भने, ‘मुलुकभर पसल र डिपार्टमेन्ट स्टोर मात्रै भए, हामीले बाहिरका सामान ल्याउने बेच्ने काम मात्रै गर्‍यौं।’ 

सरकार साथमा भएकोले ढुक्कले लगानी गर्न र उत्पादन बढाउन ओलीले अनुरोध गरेका छन्। 
 

प्रकाशित: Nov 26, 2020| 08:04 बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्