सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उद्योग वाणिज्य महासंघकी अध्यक्षले प्रधानमन्त्रीसँग भनिन्– एमसीसी छिटाे पारित गर्नुस्

उद्योग वाणिज्य महासंघकी अध्यक्षले प्रधानमन्त्रीसँग भनिन्– एमसीसी छिटाे पारित गर्नुस्

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले छिटो एमसीसी पास गर्नका लागि प्रधानमन्त्रीलाई आग्रह गरेकी छिन्।
 |  बिहीबार, मंसिर ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०७७

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले छिटो एमसीसी पास गर्नका लागि प्रधानमन्त्रीलाई आग्रह गरेकी छिन्।

महासंघको ५४ औं वार्षिक साधारणसभामा उनले सबैसँग सल्लाह गरेर सकेसम्म छिटो एमसीसी पास हुने वातावरण मिलाउन आग्रह गरेकी हुन्। 

उनले एमसीसी पास भए नेपालमा थप लगानी आउन सक्ने भन्दै वैदेशिक लगानी ल्याउनका लागि पनि एमसीसी अनिवार्य रुपमा पारित गर्नुपर्ने तर्क गरिन्। उनले एमसीसी पारित भएमा रोजगारीको अवसर बढ्ने, पूर्वाधार विकासमा ठूलो सहयोग बताइन्।

त्यस्तै उनले कोरोनाका कारण नेपालको आर्थिक क्षेत्रमा २०० अर्बको क्षति पुगेको समेत जानकारी दिँदै आईएलओका अनुसार नेपालमा १६ देखि २० लाख मानिस बेरोजगार हुने सम्भावना पनि देखिएको जानकारी दिइन्।

उनले सम्पूर्ण आर्थिक कारोबार डिजिटल बनाउनुपर्ने, राष्ट्रिय आयोजनाका कामहरु समयमा नै फास्ट ट्रयाकबाट छिटो काम सक्नुपर्ने समेत आग्रह गरिन्। 
 
 

प्रकाशित: Nov 26, 2020| 07:31 बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्