मंगलबार, चैत १०, २०८२

एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण 

प्रदेश १ का विभिन्न स्वास्थ्य संस्थाका लागि रोटरी क्लबले एक करोडको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। 
 |  बिहीबार, मंसिर ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०७७

विराटनगर– प्रदेश १ का विभिन्न स्वास्थ्य संस्थाका लागि रोटरी क्लबले एक करोडको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। 

National life

कोरोना महामारी नियन्त्रण र उपचारमा सहयोग पु¥याउन प्रदेश सरकार र विराटनगर महानगरपालिकालाई स्वास्थ्य सामग्री बुधबार साँझ हस्तान्तरण गरिएको हो।

सामाजिक विकासमन्त्री जीवन घिमिरे, महानगरपालिका प्रमख भीम पराजुलीलाई रोटरी क्लब अफ विराटनगर डाउनटाउन, विराटनगर फ्युजन र इ–क्लब अफ सेन्ट्रल टेक्सास अमेरिकाको सहयोगमा  एक थान पीसीआर मेसिन, आएनए एक्सट्राक्सन, कोरोना संक्रमितले प्रयोग गरेको सामग्री सफा गर्ने मेसिन एक थान, भेन्टिलेटर एक थान र सम्पूर्ण सेटसहित ३० बेड सामाग्री हस्तान्तरण गरिएको हो।

सामाग्री ग्रहण गर्दै सामाजिक विकासमन्त्री घिमिरेले कोरोना नियन्त्रणका लागि सबैले हातेमालो गरि अगाडि बढ्नु पर्नेमा जोड दिए।  

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगर भित्र निःशुल्क रुपमा घरघरमा अक्सिजन, चिकित्सक परामर्श सेवा, जेष्ठ नागरिकको घरमा स्वाब सङ्कलन र आइसोलेसन निर्माण कार्य गरेको बताए। 

Laxmi sunrise bank
kumari

रोटरी क्लवले मोरङको रंगेली अस्पतालमा ८० लाख, प्रदेशका सामुदायिक विद्यालयका लागि इ–लर्निङग कक्षा सञ्चालन गर्न एक करोड २० लाख, गोल्छा आँखा अस्पताल विराटनगरलाई एक करोड ६० लाख बराबरको स्वास्थ्य उपकरण र आगामी चार महिनामा सञ्चालन हुने तीन सामुदायिक विद्यालयको ह्याप्पी स्कूल बनाउन  १ करोड सहयोग गरेको रोटरी क्लब अफ विराटनगरका अध्यक्ष डा. विजु थपलियाले बताए। 

    
    
 

प्रकाशित: Nov 26, 2020| 02:25 बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्