सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कर्मचारी सञ्चय कोषको कर्जा बैंक अफ काठमाण्डूका सबै शाखाबाट भुक्तानी गर्न सकिने 

कर्मचारी सञ्चय कोषको कर्जा बैंक अफ काठमाण्डूका सबै शाखाबाट भुक्तानी गर्न सकिने 

कर्मचारी सञ्चय कोषबाट ग्राहकले लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डू लिमिटेडको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने भएको छ । 
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

काठमाडौं– कर्मचारी सञ्चय कोषबाट ग्राहकले लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डू लिमिटेडको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने भएको छ । 

कर्मचारी सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरुले साँवा तथा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न कर्मचारी संचय कोषमा नगई बैंकको जुनसुकै शाखा कार्यालयबाट भुक्तानी गर्न सक्नेछन्। यस सुबिधाबाट ग्राहकको समय बचत हुने र बिना झन्झट सजिलै बैंकको शाखा कार्यालयबाट झुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

बैंकले हाल ८९ शाखा कार्यालय, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत ग्राहकलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ । 

प्रकाशित: Nov 25, 2020| 08:05 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्