मंगलबार, कात्तिक १८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • उत्तर कोरियाद्वारा मिसाइल प्रहार, अमेरिकी सेनाले भन्‍यो- तत्काल खतरा छैन

उत्तर कोरियाद्वारा मिसाइल प्रहार, अमेरिकी सेनाले भन्‍यो- तत्काल खतरा छैन

उत्तर कोरयाले छोटो दूरीको मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ।
 |  मंगलबार, असोज १२, २०७८

बीबीसी

बीबीसी

मंगलबार, असोज १२, २०७८

प्योङयाङ- उत्तर कोरयाले छोटो दूरीको मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। 

Kumaribank

उत्तर कोरियाली राजदूत संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा प्योङयाङको आत्मरक्षा र हतियार परीक्षणलाई कसैले पनि रोक्‍न नसक्ने बताएको केही समयपछि उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रमा मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ। 

यस महिनाको सुरुवातमा प्योङयाङले दुईवटा ब्यालेस्टिक र क्रुज मिसाइल परीक्षण गरेको थियो। तर, केही महिनाअघि भने उत्तर कोरियाले दक्षिण कोरियासँग वार्ता र संवाद गर्नसकिने इच्छा व्यक्त गरेको थियो। 

अमेरिकी सेनाले मंगलबार एक विज्ञप्ति जारि गर्दै उत्तर कोरियाले प्रहार गरेको मिसाइलबारे जानकारी भएको र तत्काल अमेरिकी सेना र उसमा समर्थकहरुलाई कुनै खतरा नभएको भन्दै विज्ञप्ति जारी गरेको थियो। 

यद्पि अमेरिकाको इण्डो-प्यासिफिक कमाण्डमाले उत्तर कोरियाको अवैध हतियारको प्रयोगले अस्थिरता सिर्जना गर्नसक्ने बताएको छ। जापानी रक्षा मन्त्रालयले उक्त मिसाइल ब्यालेस्टिक भएको बताइएको थियो। 

Metro Mart

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि ब्यालेस्टिक मिसाइल परीक्षणमा रोक लगाएको भए पनि उत्तर कोरियाले भने उक्त प्रतिबन्धको उल्लंघन गरिरहेको छ। 

दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ-इनले सिओलस्थित राष्ट्रिय सुरक्षा परिषद्‌लाई उत्तर कोरियाको पछिल्लो मिसाइल प्रहारको उद्देश्य के हो भन्‍ने विषयमा विश्लेषण गर्न आग्रह गरेका छन्। 

तर, यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिणसँग वार्ता गर्न खुला रहेको र कोरियन युद्ध समाप्त गर्न पनि तयार रहेको बताएका थिए। उनले दक्षिण कोरियाले उत्तरप्रतिको शत्रुताको नीति परिवर्तन गर्नुपर्ने बताएको थियो। 


प्रकाशित: Sep 28, 2021| 11:45 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।