आइतबार, असार २८, २०८३

युभेन्टस च्याम्पियन्स लिगको नकआउट चरणमा

क्रिस्टियानो रोनाल्डो र अल्वेरो मोराटाको गोलसँगै इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ।
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

क्रिस्टियानो रोनाल्डो र अल्वेरो मोराटाको गोलसँगै इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ।

समूह जीको दोस्रो स्थानमा रहेको युभेन्टसले मंगलबार रातिको खेलमा फेरेन्कवरेसलाई हराउँदै लिगमा अन्तिम १६ को यात्रा तय गरेको हो।

युभेन्टसको मैदानमा सम्पन्न खेलमा घरेलु टिमले २–१ गोलको जित निकाल्यो।

एक गोलले पछि परेको अवस्थामा फरवार्ड क्रिस्टियानो रोनाल्डोले ३५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
यता दोस्रो हाफको इन्ज्युरी समयमा मोराटाले गोल गर्दै  युभेन्टसलाई जित दिलाएका थिए।

यससँगै युभेन्टस लगातार सात सिजन च्याम्पियन्स लिगको नक आउट चरण प्रवेश गरेको छ। त्यस्तै, युभेन्टसले च्याम्पियन्स लिगको समूह चरणका अन्तिम ९ खेलमा ८ खेल जितेको छ।

उ गत अक्टोबरका बार्सिलोनासँग पराजित भएको थियो।
 

प्रकाशित: Nov 25, 2020| 01:54 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।