सोमबार, जेठ ४, २०८३

मोरङका ६ स्थानीय तहका स्कुलमा पढाइ सञ्चालन

 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

विराटनगर– मोरङको दक्षिणवर्ती क्षेत्रका ६ वटा स्थानीय तहले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन्। मंसिर १५ गतेदेखि स्वास्थ्य सुरक्षा पालना गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो। 

National life

कोभिड–१९ का कारण लामो समयदेखि बन्द शिक्षण सिकाइ क्रियाकलाप स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्ने निर्णय गरिएको रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले जानकारी दिए। 

रंगेली नगरपालिकामा मंगलबार बसेको बैठकमा रतुवामाई नगरपालिका, सुनबर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान गाउँपालिका, कटहरी गाउँपालिका र जहदा गाउँपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका प्रमुख सहभागी थिए। 

विद्यालयमा स्वास्थ्य सुरक्षा अपनाउँदै सामाजिक दुरी कायम गरेर विद्यालय व्यवस्थापन समिति, अभिभावक समेतसँग छलफल गरी विद्यालय सञ्चालन गर्ने निर्णय भएको बताइएको छ। 

५ कक्षासम्म सञ्चालित विद्यालय एक सिफ्ट र ६ कक्षा देखि १२ कक्षासम्म सञ्चालित विद्यालय २ सिफ्ट्मा गरेर सञ्चालन गर्ने निर्णय गरेको रतुवामाई नगरपालिकाका प्रमुख राईले बताए। 

यसअघि मोरङको बूढीगंगाका प्रधानाध्यापकको भेलाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो। बूढीगंगाको नरग्राम माविले सोमबारदेखि दुई सिफ्टमा पठनपाठन सुरु गरेको प्रधानाध्यापक भीम बस्नेतले बताए। 


 

प्रकाशित: Nov 24, 2020| 13:50 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्