शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छिमेकीले कुकुर मारिदिएको पीडाले स्नेहालाई बनायो पशु अधिकारकर्मी

छिमेकीले कुकुर मारिदिएको पीडाले स्नेहालाई बनायो पशु अधिकारकर्मी

आफ्नो परिवारको सदस्यसरह रहेको जाराको जुठो बारिन्। १३ दिनसम्म नुन खाइनन्। अनि आफ्नो कुुकुर मार्ने छिमेकीलाई कारबाही गरिपाऊँ भनी प्रहरीमा निवेदन दिइन्। तर प्रहरीले कुनै कानुनी प्रक्रिया सुरु गरेन।
 |  मंगलबार, असोज १२, २०७८

विकल श्रेष्ठ

विकल श्रेष्ठ

मंगलबार, असोज १२, २०७८

काठमाडौं– काठमाडौं उपत्यकामा करिब तीस हजार सडक कुकुर रहेको अुनमान छ। उपत्यकाका अधिकांश गल्लीमा त्यस्ता कुकुर छन्। काठमाडौंका विभिन्न अस्पतालमा दैनिक कुकुरले टोकेको समस्या लिएर ५० जनासम्म पुग्ने गरेको तथ्यांक छ।

तिनमा केहीलाई रेबिज संक्रमण हुन्छ। रेबिजकै कारण वर्षमा पाँच जनाको मृत्यु हुने गरेको छ। सन् २०३० सम्म नेपाललाई ‘रेबिज मुक्त’ बनाउने नीति सरकारको छ। आज सेप्टेम्बर २८ अर्थात् विश्व रेबिज दिवस। 

जानकारहरु भन्छन्– सरकारले कार्यक्रम आयोजना गरी केही कुकुरहरूलाई खोप लगाएको देखिन्छ अनि रेबिज नियन्त्रणका अन्य काम प्राथमिकतामा राखेर अभियान चलाएको पाइन्न। 

रेबिज दिवसमा केही औपचारिक र जनचेतनाका काम हुन्छन्। त्यसपछि सबैको आआफ्नो प्राथमिकताका काममा लाग्छन् र आमजनले रेबिजबारे वर्ष दिनमा मात्र हल्ला सुन्छन्। यस्तै अनुभव छ ललितपुरलाई रेबिज मुक्त पार्ने प्रयासमा खटिएकी स्नेहा श्रेष्ठको।


ललितपुरस्थित हात्तीवन बस्दै आएकी स्नेहा श्रेष्ठ कुकुर र अरू जनावरलाई माया गर्थिन्। उनको घरमा एउटा कुकुर थियो, नाम जारा। एक दिन जाराको मृत्यु भयो। त्यो मृत्युको कारण पनि ननिको थियो।

जारालाई छिमेकीले विष ख्वाइदिएपछि उसको इहलीला समाप्त भएको थियो। आफ्नो हितैषी कुकुरको मृत्युमा स्नेहा दुःखी भइन्। छिमिकीको निर्मम र अमानवीय हर्कतले क्रुद्ध भइन्। तर जे नहुनुपर्ने हो सो भइसकेको थियो। उनीसँग अब कुनै उपाय पनि त थिएन।

आफ्नो परिवारको सदस्यसरह रहेको जाराको जुठो बारिन्। १३ दिनसम्म नुन खाइनन्। अनि आफ्नो कुुकुर मार्ने छिमेकीलाई कारबाही गरिपाऊँ भनी प्रहरीमा निवेदन दिइन्। तर प्रहरीले कुनै कानुनी प्रक्रिया सुरु गरेन।

घटनापछि उनी केही समय विक्षिप्त भइन्। आफ्नो परिवारको सदस्यसरह रहेको जाराको जुठो बारिन्। १३ दिनसम्म नुन खाइनन्। अनि आफ्नो कुुकुर मार्ने छिमेकीलाई कारबाही गरिपाऊँ भनी प्रहरीमा निवेदन दिइन्। तर प्रहरीले कुनै कानुनी प्रक्रिया सुरु गरेन।

समाजले उनलाई हाँसोको पात्रो बनायो। कुकुरका लागि न्याय माग्ने भनी ठट्टौलीमा उडायो। उनलाई लाग्यो ‘आफ्नै घरको कुकुर सुरक्षित भएन भने जाराजस्ता सडकमा रहेका अरू कुकुर कसरी सुरक्षित होलान्?’

उनले बाटोमा हिँड्दा भेटेका कुकुरलाई बिस्कुट खुवाउन थालिन्। खुवाउने क्रममा केही कुकुर अपांग र घाइते अवस्थामा भेटिन्। त्यस्ता कुकुरलाई उपचार केन्द्रमा लगी उपचार गर्न थालिन्।


महिनामा ४० देखि ५० वटासम्म त्यस्ता कुकुर भेट्थिन्। अनि कुकुरलाई एक छुटै केनल क्लबमा राखी दैनिक २५० रुपैयाँ तिर्न थालिन्।

उनलाई लाग्यो एक्लैले चालीस, पचासवटा कुकुरको उपचार गर्न सकिन्छ भने समूह बनाएर गर्दा झन् कतिको उपचार गर्न सकिएला। अनि उनले एउटा कुकुर केयर स्थापना गर्ने योजना बनाइन्। अनि अस्तित्वमा आयो– स्नेहाज् केयर।

सात वर्षअघि सुरु गरिएको स्नेहाज् केयरले अहिले ललितपुरलाई केन्द्र बनाएर जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।

सडकमा बेवारिस कुकुर, गाई र अन्य जनावरलाई स्नेहाज् केयरले उद्धार गरी उपचार र हेरचाह गर्दै आएको छ। सो संस्थाले त्यस्ता धेरै प्राणीको उद्धार गरेको छ। संस्थामा हाल १७० भन्दा बढी कुकुर, ३५ गाई र बाच्छा, दुई भैंसी र ७ वटा सुँगुरको हेरचाह गरिरहेको छ। अचेल त दिनकै १० वटा कुकुरसम्म स्नेहाज् केयरले उद्धार गर्ने गरेको छ।

‘उद्धार गर्नेबित्तिकै तिनीहरुलाई पहिला रेबिजविरुद्धको खोप लगाइन्छ। जटिल केस छ भने एम्बुलेन्समा उद्धार गर्न जान्छौं। यदि सामान्य छ भने हाम्रो संस्थाका दुईजना सदस्य गएर स्थानीय मानिसको रोहबरमा पूर्ण रुपमा ठीक नहुँदासम्म दिनहुँ उपचार गर्ने गरेका छौं,’ स्नेहा बताउँछिन्।
‘उद्धार गर्नेबित्तिकै तिनीहरुलाई पहिला रेबिजविरुद्धको खोप लगाइन्छ। जटिल केस छ भने एम्बुलेन्समा उद्धार गर्न जान्छौं। यदि सामान्य छ भने हाम्रो संस्थाका दुईजना सदस्य गएर स्थानीय मानिसको रोहबरमा पूर्ण रुपमा ठीक नहुँदासम्म दिनहुँ उपचार गर्ने गरेका छौं,’ स्नेहा बताउँछिन्।

उनको सेल्टरमा भएका १४ कुकुर पक्षघातले ग्रसित छन्। धेरै कुकुर गाडीको ठक्कर र मानिसको निर्मम कुटाइका कारण ‘प्यारालाइज्ड’ हुने गरेको उनी बताउँछिन्।

केयरले त्यस्ता कुकुरलाई छुट्टै वार्डमा राख्ने र उनीहरुलाई हिँडडुल गराउन ह्विलचेयरको व्यवस्था गर्ने गरेको छ। त्यस्ता ह्विलचेयर नेपालमा बन्दैनन्, विदेशबाट आयात गर्नुपर्ने स्नेहा बताउँछन्।

कतिपय मानिस प्यारालाइसिस भएका त्यस्ता कुकुरलाई सुई लगाएर मारिदिए भइहाल्यो नि भन्छन्। त्यस्ता सुझावले स्नेहाको मुटुमा घोच्छ। के ती प्राणी होइनन् र? के शारीरिक अशक्तता हुँदा कसैलाई ‘मार्ने’ अधिकार हामी ‘चेतनशील मानिस’लाई छ र? उनको मनमा प्रश्न घुमिरहन्छ।

अनि उनलाई लाग्छ गर्नुपर्ने काम अझ धेरै बाँकी छ। काम प्रभावकारी बनाउन पनि आवश्यक छ। नत्र त मानिसले यस्तो धारणा राख्दैनथे होलान्। त्यही भएर पनि केयरले संरक्षणसँगै जनचेतनाको कामलाई पनि निरन्तरता दिइरहेको छ र अन्य काम पनि सँगसँगै गरिरहेको छ।

केयरले कुकुर गणना पनि गर्छ। पछिल्लो गणनामा ललितपुरमा मात्रै ७ हजार सडक कुकुर रहेको पाइएको थियो।

केयरको अर्को लक्ष्य छ– ललितपुरलाई रेबिज मुक्त बनाउने। केयरले विद्यालयमा ‘मानव शिक्षा’ कक्षा पनि सञ्चालन गर्दै आएको छ।

प्राणी अधिकार, पशु कल्याण र पशु ढुवानीका मापदण्ड तोक्नुपर्ने लगायतका माग पनि संस्थाले उठाउँदै आएको छ।

दानमा चलेको संस्था 

स्नेहाज केयरलाई आवश्यक पर्ने सहयोग नेपालीबाट हुुँदै आएको छ। विदेशमा बस्ने केही नेपालीले पनि सहयोग गर्छन्। कोही कोही प्राणीप्रेमी सेल्टरमै आएर खाना खुवाउँछन्।

कोही भने सेल्टरमा कुकुरसँग खेल्न मात्र पनि आउँछन्। कोही सेल्टरमा आउँदा जनावरलाई नुहाइदिन स्याम्पु र साबुन बोकेर आउँछन्।

केही भाइबहिनीले विद्यालयको खाजा खर्च जोगाएर सहयोग दिन आउँछन्। यी सबै देख्दा स्नेहा भावुक हुन्छिन्। उनलाई लाग्छ आफूले थालेको कामले मानिसमा केही न केही परिवर्तन ल्याएको छ। ‘हामीलाई सहयोग गर्ने सबैप्रति म ऋणी छु,’ उनी भन्छिन्।

आफूले गरेको कामलाई स्नेहाज् केयरले फेसबुक पेजमार्फत दैनिक अपलोड गर्ने गरेको छ। सो पेजको फलोअर संख्या नै एक लाख ६० हजार पुगेको छ।

दैनिक तीन जना त कार्यलयमा हाई अर्लटको अवस्थामा बसेका हुन्छन्।

‘धेरैजसोले फोन गरेर प्राणी उद्धारका लागि बोलाउनु हुन्छ। हाम्रो उद्धार क्षमता भनेको दैनिक ८ देखि १० वटासम्म मात्र हो,’ स्नेहा भन्छिन्, ‘कुनै केसमा हामी उद्धारका लागि जान नपाउँदा मानिस रिसाउने गर्नुहुन्छ। त्यस्तो बेला हामीलाई पनि दुःख लाग्छ। के गर्ने आफूले सकेको गर्ने हो। सकेसम्म गरिराख्या छौं तर पनि सबैतिर पुग्न गाह्रै हुन्छ।’

केही महिनाअघि ‘खैरे’ नामको कुकुरलाई बिजुलीको पोलमा बाँधेर दुई युवकले ज्यादती गरे। सो कार्यको विरोधमा आवाज उठ्यो। त्यस्तो गर्नेलाई कारबाही गर्नुपर्ने माग चर्कियो। स्नेहाज् केयरले पनि खैरेले न्याय पाउनुपर्ने आवाज उठाएको थियो।
मान्छे विकसित र उन्नत हुँदै गएको भनिन्छ। तर प्राणीप्रतिको मान्छेको व्यवहार हेर्ने हो भने मानिस उन्नतितिर होइन अवनतितिर गइरहेझैं देखिएको उनको अनुभव छ। सामाजिक सञ्जालमा भ्युज बढाउने लोभमा मानिसले कुकुर, बिरालो, चरालगायतका प्राणीमाथि अत्याचार गरिरहेका छन्।

केही महिनाअघि ‘खैरे’ नामको कुकुरलाई बिजुलीको पोलमा बाँधेर दुई युवकले ज्यादती गरे। सो कार्यको विरोधमा आवाज उठ्यो। त्यस्तो गर्नेलाई कारबाही गर्नुपर्ने माग चर्कियो। स्नेहाज् केयरले पनि खैरेले न्याय पाउनुपर्ने आवाज उठाएको थियो।

‘खैरे त एउाट उदाहरण मात्रै हो,’ स्नेहा भन्छिन्, ‘यस्ता कयौं घटना समाजमा सधैं भइरहेको हुन्छन्। नेपालमा जनावरमाथि अत्याचार गर्न नपाइने कानुन भए तापनि यो पूर्ण रुपमा लागू भने भएको छैन।’ त्यसैले पनि उनलाई लाग्छ गर्नुपर्ने काम धेरै बाँकी छ। एक दिनको रेबिज दिवस मात्रले पुग्दैन।

प्रकाशित: Sep 28, 2021| 11:45 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।