सोमबार, जेठ ४, २०८३

कोरोनाले रोकिएका सबै परीक्षा सञ्चालन गर्ने त्रिविको तयारी, केही दिनमै तालिका निकाल्ने 

त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीका कारण रोकिएका सबै परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । 
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीका कारण रोकिएका सबै परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । 

National life

सुरक्षा मापदण्ड अपनाएर गत चैत–वैशाख महिनामा रोकिएका सबै परीक्षा सञ्चालनको तयारी गरिएको त्रिविले जनाएको हो। तर, कुन मितिबाट परीक्षा सञ्चालन हुने भन्ने तालिका भने प्रकाशित गरिएको छैन्। एक दुई हप्ता भित्रै परीक्षा  तालिका प्रकाशन गर्ने त्रिविको तयारी छ। 

कोरोना महामारीका कारण काठमाडौंमा अध्ययनरत् विद्यार्थीलाई मोफसलमा घरपायक परीक्षा केन्द्र रोज्ने अवसर पनि दिइने भएको छ।

घरपायक परीक्षा केन्द्र ३५ दिनअघि नै छनोट गरिसक्नुपर्नेछ। एउटै जिल्लाभित्र परीक्षा केन्द्र परिवर्तन नहुने र अध्ययनरत् कलेजमा पनि केन्द्र नहुने  त्रिविले जनाएको छ ।

स्नातक तह चौथो वर्षको परीक्षाको लागि ३ हजार ७४२ विद्यार्थीहरुले घरपायक परीक्षा केन्द्र रोज्न आवेदन दिएकोमा  १ हजार ६०० हाराहारीमा स्वीकृत भएको छ ।

यो शैक्षिकसत्रको रोकिएको र हुनुपर्ने बाँकी परीक्षाहरु चैत मसान्तसम्म सक्ने तयारी त्रिविको छ । परीक्षा सञ्चालनसँगै ६ महिनापछि नयाँ वर्षबाट नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी पनि त्रिविको छ ।

सामान्यतया असोजबाट स्नातक तहको नयाँ शैक्षिकसत्र सुरु हुने गरेकोमा यसपटक ६ महिनापछि र स्नातकोत्तरको फागुनबाट सुरु हुने गरेकोमा दुई महिनापछि धकेलिँदै छ ।

प्रकाशित: Nov 24, 2020| 02:20 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्