मंगलबार, चैत १०, २०८२

कक्षा १२ को परीक्षा सुरु, कोरोना संक्रमित पनि सहभागी

परीक्षाका लागि देशभर ४ हजार १०५ वटा केन्द्र तोकिएका छन् । 
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

काठमाडौं– आजदेखि विद्यालय शिक्षा (कक्षा १२) को अन्तिम परीक्षा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा चार लाख ३३ हजार १८० विद्यार्थी सहभागी छन्।  

National life

कोरोना महामारीका कारण यस वर्ष १२ कक्षाको परीक्षा सम्बन्धित विद्यालयमै हुँदै छ। त्यसका लागि देशभर चार हजार १०५ वटा परीक्षा केन्द्र तोकिएको छ। 

कोरोना संक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ। संक्रमण भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको छ।

बोर्डले विद्यार्थीले आफ्नो विद्यालयबाहेक पायक पर्ने अन्य केन्द्रबाट पनि परीक्षा दिन सक्ने व्यवस्था गरेको छ। 

Laxmi sunrise bank
kumari

यसका लागि १८ हजार विद्यार्थीले फरक जिल्ला र स्थानबाट परीक्षामा सहभागी हुन आवेदन भरेका छन्। 

गत वैशाखमा तोकिएको परीक्षा कोरोना महामारीका कारण आठ महिनापछि हुन लागेको हो। 

बोर्डका अनुसार परीक्षा ४० पूर्णाङ्कको मात्र हुनेछ। बाँकी ४० पूर्णाङ्क कक्षा ११ र २० पूर्णाङ्क विद्यालयले आन्तरिक मूल्याङ्कन गरेर पठाउनेछन्। 

प्रकाशित: Nov 24, 2020| 00:40 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्