मंगलबार, चैत १०, २०८२

अक्सफोर्ड यूनिभर्सिटीको खोप ७०% मा प्रभावकारी

यूनिभर्सिटी अफ अक्सफोर्डले कोरोनाभाइरसविरुद्ध बनाएको खोप ७० प्रतिशत मानिसमा प्रभावकारी देखिएको छ।
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

एजेन्सी-  यूनिभर्सिटी अफ अक्सफोर्डले कोरोनाभाइरसविरुद्ध बनाएको खोप ७० प्रतिशत मानिसमा प्रभावकारी देखिएको छ।

National life

यसअघि फाइजर र मोडर्ना कम्पनीले बनाएका दुई छुट्टाछुट्टै खोपले ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने घोषणा गरिएको थियो।

तर ती दुई खोपभन्दा अक्सफोर्डको खोप धेरै सस्तो, सजिलै भण्डारण गर्न सकिने तथा जहाँ पनि सहजै लैजान सकिने देखिएको छ।

नियामक निकायबाट प्रयोग गर्न अनुमति प्राप्त भएमा यो खोपले कोरोनाभाइरसको वैश्विक महामारी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

"आजको घोषणाले कोरोनाभाइरसका कारण सिर्जित विनाश अन्त्य गर्न हामी एक कदम अघि बढेका छौं," उक्त खोप निर्माणकी योजनाकार प्राध्यापक सारा गिल्बर्टले भनिन्।

Laxmi sunrise bank
kumari

यूके सरकारले अक्सफोर्ड खोपको १० करोड मात्रा लिने बताइसकेको छ। त्यो परिमाणको खोप पाँच करोड मानिसलाई पर्याप्त हुनेछ।

यो भ्याक्सिनको उत्पादन भारतको सिरम इन्स्टिच्युट अफ इन्डियामा भइरहेको छ।

परीक्षणले के देखायो?

यो खोप परीक्षणमा २०,००० स्वयंसेवकहरू सहभागी भएका थिए। तीमध्ये आधाभन्दा बढी बेलायतमा र बाँकी ब्राजिलमा थिए।

दुई मात्रा खोप दिइएकामध्ये ३० जनालाई कोभिड भयो तर डमी अर्थात् नक्कली खोप दिएका १०१ जनालाई कोरोनाभाइरस सङ्क्रमण भयो।

अनुसन्धानकर्ताहरूका अनुसार यो खोपले ७० प्रतिशत सुरक्षा दिन्छ।

स्वयंसेवकहरूलाई दुई चोटि उच्च मात्रामा खोप दिइँदा ६२ प्रतिशत सुरक्षा भएको देखियो। तर पहिलो पटक कम मात्रा र दोस्रो पटक उच्च मात्रामा खोप दिँदा सुरक्षा ९० प्रतिशतसम्म पुग्यो। दुबैको औषत निकाल्दा ७० प्रतिशतमा सफल भनिएको हो।

के कारणले त्यत्रो भिन्नता देखियो भन्ने कुरा स्पष्ट भएको छैन।

प्रमुख अनुसन्धानकर्ता एन्ड्रू पोलर्डका अनुसार ९० प्रतिशत प्रभावकारिताको तथ्याङ्क उत्साहजनक छ।

आगामी साता वा महिनामा परीक्षणको अन्तिम चरणमा रहेका अन्य खोपको तथ्याङ्कहरू पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ।

भारतमा अक्सफोर्ड भ्याक्सिन अप्रिलसम्म आउने

प्रकाशित: Nov 23, 2020| 09:52 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्