आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • केवन किक बक्सिङको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भिड्दै हिमालयन चितुवा अविरल

केवन किक बक्सिङको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भिड्दै हिमालयन चितुवा अविरल

विश्वको चर्चित ‘केवन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा नेपाली युवा खेलाडी अविरल घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन्।
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

काठमाडौं- विश्वको चर्चित ‘केवन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा नेपाली युवा खेलाडी अविरल घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन्। नेपालका तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने उनी पहिलो ‘बक्सर’ हुन्।

उनी हिमालयन चितुवा नामले बक्सिङ  खेलमा विश्वचर्चित छन्। यही मङ्सिर २८ गते जापानको टोकियोमा सो प्रतियोगिता आयोजना हुँदैछ । युवा समाजसेवी एवं व्यवसायी रामनारायण घिमिरेका अनुसार २१ वर्षीय हिमालयन चितुवा बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा भिड्नेछन्।  

फिलिप पनि अन्तरराष्ट्रिय बक्सर खेलाडी हुन्। अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवनारायण घिमिरेका छोरा अविरल अहिले आफ्ना बुबाकै विशेष प्रशिक्षणमा छन्। चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनीहरु पाँच वर्षदेखि जापानको नागोया शहरमा बस्दै आएका छन्।

‘के वन किक बक्सिङ प्रतियोगिता’ लाई जापानसहित अन्तरराष्ट्रिय बक्सिङ खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने ग । सो प्रतियोगितामा  नेपालको प्रतिनिधित्व गर्दै मार्शल आर्टका समेत खेलाडी देवनारायणले सन् २००४ मा भाग लिएका थिए। उनी अन्तरराष्ट्रियस्तरका के वन बक्सर खेलाडी तथा प्रशिक्षक हुन्।

समाजसेवी रामनारायणका अनुसार अविरलले हालसम्म ४७ व्यावसायिक किक बक्सिङमा भिडन्त गरिसकेको र तीमध्ये नौ अन्तरराष्ट्रिय खेलका आठमा प्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल भएका छन्। अविरलले नियमितरुपमा सिमुरा डोजोमा प्रशिक्षण लिँदै आएका छन्।

“अविरलसँग  साहस, जोश र लगनशीलता छ । नेपालका लागि के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिन छनौट हुनु नै ठूलो उपलब्धि हो । अविरलले उपाधि चुम्नेमा म विश्वस्त छु । यसका लागि उहाँलाई सरकार, खेलप्रेमी नेपालीको थप हौसला दिन आग्रह गर्छु,” सामाजीक सञ्जालमा देवनारायणले लेखेका छन्।

बक्सर अविरलले जापानी खेलाडी रादालाई पराजित गर्दै गत वर्ष टोकियोमा नै सम्पन्न ‘होस्ट कप एस’को उपाधि जितेका थिए। रादा जापानका चर्चित व्यावसायिक किक बक्सर हुन् । तीन राउण्डको तीन चरणको खेलमा अङ्क बराबरी हुँदा पुनःदुई मिनेटको थप समयमा अविरलले प्रतिस्पर्धीलाई नकाउट गर्दै उपाधि जितेका थिए।

रासस

प्रकाशित: Nov 23, 2020| 07:10 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।