शुक्रबार, भदौ २६, २०८३

प्रदेश १ मा ३११ डिस्चार्ज, २१४ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३११ जना डिस्चार्ज भएका छन्।
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

विराटनगर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३११ जना डिस्चार्ज भएका छन्।

होम आइसोलेसनबाट २९४, जिल्ला अस्पताल धनकुटाबाट ९ र विराट मेडिकल कलेजबाट ८ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ८९९ पुगेको छ।

प्रदेश १ मा २१४ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ७३, सुनसरीमा ५३, झापामा ५०, संखुवासभा र इलाममा ६–६, खोटाङमा ३ , उदयपुरमा २, धनकुटा र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरमा ३४, सुन्दरहरैचामा १३, रंगेलीमा ६, पथरीशनिश्श्चरेमा ५, सुनबर्षी र मिक्लाजुङमा ३–३, बुढीगंगा र उर्लाबारीमा २–२, लेटाङ, रतुवामाई, कानेपोखरी, बेलबारी र धनपालथानमा १–१, सुनसरीको इटहरीमा ३६, धरानमा ६, बराहक्षेत्रमा ४, भोक्राहानरसिंह, इनरुवा, रामधुनी, देवानगञ्ज र दुहवीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

उता झापाको दमकमा १२, भद्रपुरमा ८, कमल गाउँपालिकामा ७, शिवसताक्षी र अर्जुनधारामा ५–५, विर्तामोड र मेचीनगरमा ४–४, गौरादह र कनकाईमा २–२, गौरीगञ्जमा १, संखुवासभाको खाँदबारीमा ५ र सभापोखरीमा १, इलामको इलाम नगरपालिकामा ६, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी, खोटेहाङ र साकेलमा १–१, उदयपुरको चौदण्डीगढी र उदयपुरगढीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार २९० पुगेको छ।

प्रदेश १ मा आइतबार ८०७ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ७८ महिला र १३६ पुरुषका रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ८३ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Nov 22, 2020| 12:00 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।