शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कसैले लठ्ठीले हानेर फुटाउन नेकपा माटोको भाँडो होइन : रावल

कसैले लठ्ठीले हानेर फुटाउन नेकपा माटोको भाँडो होइन : रावल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन्। 
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

धनगढी– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन्। 

प्रेस संगठन कैलालीले आज आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले प्रदेश र संघ दुवै सरकारको मन्त्रिपरिषद् फेरबदल गर्ने निर्णय भएको बताएका हुन्। 

उनले भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको सुनाउँदै प्रदेश सरकार र संघ सरकारको मूल्यांकन गरी आवश्यक हेरफेर गर्ने निर्णयमा प्रष्ट लेखिएको जनाए।

उनले आवश्यकताअनुसार फेरबदलको निर्णय भए पनि पार्टी नेतृत्वले निर्णय कार्यान्वयन नगरेको भन्दै आपत्तिसमेत जनाएका छन्। नेता रावलले तीन वर्ष बितेपछि सरकारको समीक्षा गरेर बाँकी दुई वर्षलाई अझै सफल बनाउन नेतृत्वको ध्यान नगएको बताए। 

नेता रावलले पार्टीको विवाद सतहमा पुगेको भए पनि कसैले भन्दैमा पार्टी नफुट्ने बताए। उनले नेकपा माटोको हाँडीले नबनेको बताउँदै कुनै व्यक्तिले लठ्ठीले हानेर आजको मितिबाट फुट्यो भन्दैमा नफुट्ने दाबी गरे। उनले पार्टी विभाजनका लागि प्रक्रिया पूरा गर्नुपर्ने बताउँदै त्यो प्रक्रिया पूरा गर्न कोही पनि नलागेको बताए।

उनले मंसिर १३ गते बोलाइएको सचिवालय र स्थायी कमिटी बैठकबाट सबै समस्या तथा मनमुटाब समाधान हुने बताए। सबैले कुरा राख्न नपाउँदा पार्टीमा गम्भीर अवस्था सिर्जना भएको उनको भनाइ छ।

प्रकाशित: Nov 22, 2020| 11:56 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।