शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आन्दोलित कर्मचारीलाई वीर अस्पताल प्रशासनले वार्तामा बोलायो

आन्दोलित कर्मचारीलाई वीर अस्पताल प्रशासनले वार्तामा बोलायो

कर्मचारीका मागप्रति अस्पताल प्रशासन संवेदनशील भएको भन्दै आन्दोलित कर्मचारीहरुलाई वीर अस्पतालले वार्तामा बोलाएको छ।
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमाडौं– कर्मचारीका मागप्रति अस्पताल प्रशासन संवेदनशील भएको भन्दै आन्दोलित कर्मचारीहरुलाई वीर अस्पतालले वार्तामा बोलाएको छ।

एक महिनादेखि आन्दोलनरत कर्मचारीहरुलाई उनीहरुले उठाएका माग सम्बोधनका लागि पहल भइरहेको भन्दै वार्ताबाट समस्या समाधान गर्न भन्दै अस्पताललले वार्तामा बोलाएको हो।  

अस्पतालका कर्मचारी संगठनहरूले पहिलेदेखि नै पाउँदै आएकोे सेवा विस्तार भत्ता, औषधी खर्च लगायतका सुविधाहरु उपलब्ध गराउनुपर्ने लगायत विभिन्न माग राख्दै केही समयदेखि आन्दोलन गर्दै आएका छन् ।  

कर्मचारीहरूले पहिलेदेखि नै सेवा विस्तार भत्ता, चाडपर्व खर्च, औषधी खर्च, जोखिम भत्ता, रात्रीकालिन भत्ता पाउँदै आए पनि  गत साउनदेखि रोकिएको अस्पतालले नै जनाएको छ। 

अस्पतालले महामारी संकटले गर्दा आर्थिक स्रोतको अभाव भएकाले उक्त खर्च दिन नसकेको स्वीकार गरेको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै गत साउनदेखि समस्या भएकाले भत्ता उपलब्ध गराउन नसकेको जनाएको हो। 

जारी विज्ञप्तिमा भनिएको छ, ‘भविष्यमा श्रोत साधनको सुनिश्चितता भएका बखत अतिरिक्त भता लगायतका सुविधाहरु उपलब्ध गराउन सकिने व्यहोरा पनि जानकारी गराउँदछौँँ। साथै कर्मचारीको माग सम्बोधनका लागि प्रतिष्ठानका पदाधिकारीहरूबाट सकारात्मक पहलकदमी भइरहेको छ।’

प्रकाशित: Nov 22, 2020| 11:25 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।