शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस प्रवक्ता भन्छन्– हामी पाँच वर्ष विपक्षमै रहन्छौं 

कांग्रेस प्रवक्ता भन्छन्– हामी पाँच वर्ष विपक्षमै रहन्छौं 

सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापतिसँग सत्ता साझेदार गर्न प्रस्ताव राखेको भन्दै खबर बाहिरिएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारमा जाने भ्रममा नपर्न आग्रह गरेका छन्।
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापतिसँग सत्ता साझेदार गर्न प्रस्ताव राखेको भन्दै खबर बाहिरिएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारमा जाने भ्रममा नपर्न आग्रह गरेका छन्।

ट्वीट मार्फत् धारणा सार्वजनिक गर्दै शर्माले लेखेका छन्, ‘कांग्रेसलाई ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ। अतः कुनै पनि भड्कावबाट टाढा रहनेछौं।’

उनले नेकपाको द्वन्द्वसँग कुनै सम्बन्ध नरहेको भन्दै नेपाली कांग्रेस नरपेक्ष रहेको बताएका छन्। उनले भनेका छन्– ‘यता र उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्।’ 


 

प्रकाशित: Nov 22, 2020| 11:25 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।