काठमाडौं– अबदेखि विदेश जानेहरुले पीसीआर परीक्षण सरकारी प्रयोगशालामा मात्रै गर्नुपर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले विदेश जानेहरुको पीसीआर रिपोर्ट सरकारी प्रयोगशालाको मात्र मान्य हुने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
निजी प्रयोगशालाहरुले स्वाब परीक्षण नै नगरी रिपोर्ट बनाएको र विदेश पुगिसकेका व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो।
साथै गलत रिपोर्ट बनाउने निजी प्रयोगशालाहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टीकरण सोधेको छ।