शुक्रबार, भदौ २६, २०८३

प्रधानमन्त्री ओली भोलि ताप्लेजुङ जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली भोलि सोमबार ताप्लेजुङ प्रस्थान गर्ने भएका छन्।
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भोलि सोमबार ताप्लेजुङ प्रस्थान गर्ने भएका छन्। 

चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि उनी ताप्लेजुङ जान लागेका उनका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए।

प्रधानमन्त्री भोलि बिहान ७ बजे नेपाली सेनाको हेलिकप्टरबाट त्यसतर्फ जाने भएका हुन्।

यसअघि ५ मंसिरमा जाने भनेको पूर्व निर्धारित कार्यक्रम स्थगित भएको थियो। पार्टीभित्र विवाद तीव्र बनेपछि उनले यसअघिको भ्रमण स्थगित गरेका थिए।

प्रधानमन्त्री ताप्लेजुङ जाने भएपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। 

जिल्लाको उत्तरी क्षेत्र र तिब्बतको सीमा क्षेत्र टिपताला भञ्ज्याङको निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा निर्माण गरिएको स्वास्थ्य एकाइ कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको छ। 

यसअघि प्रधानमन्त्री संखुवासभा पुगेर त्यहाँ भइरहेको विकास निर्माण परियोजनाको पनि निरीक्षण गरेका थिए।

प्रकाशित: Nov 22, 2020| 10:40 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।