शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलात्कारसम्बन्धी कानुन कडा पार्न अध्यादेश, मिलापत्र गराउनेलाई ३ वर्षसम्म कैद

बलात्कारसम्बन्धी कानुन कडा पार्न अध्यादेश, मिलापत्र गराउनेलाई ३ वर्षसम्म कैद

सरकारले बलात्कारसम्बन्धी कानुन कडा पार्ने अध्यादेश ल्याएको छ। 
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमाडौं– सरकारले बलात्कारसम्बन्धी कानुन कडा पार्ने अध्यादेश ल्याएको छ। 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बलात्कारसम्बन्धी कानुन कडा पार्न अध्यादेश ल्याउने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन्। 

कानुन मन्त्रालयले तयार पारेर मन्त्रिपरिषदमा लगेको अध्यादेश स्वीकृत भएको हो। 

अध्यादेशमा बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई पनि फौजदारी अपराधमा कारबाही गर्ने व्यवस्था गरिएको छ। 

अध्यादेश अनुसार अब मिलापत्र गराउनेलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ। 

मन्त्रिपरिषद्ले निर्णय गरेको अध्यादेश राष्ट्रपतिको कार्यालयमा पठाइएको छ। राष्ट्रपतिले प्रमाणिकरण गरेपछि उक्त अध्यादेश लागू हुनेछ।

प्रकाशित: Nov 22, 2020| 09:49 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।