शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना नियन्त्रणमा गम्भीर बन्न सरकारलाई स्वास्थ्य क्षेत्रमा क्रियाशील २० संस्थाको चेतावनी 

कोरोना नियन्त्रणमा गम्भीर बन्न सरकारलाई स्वास्थ्य क्षेत्रमा क्रियाशील २० संस्थाको चेतावनी 

स्वास्थ्य क्षेत्रमा क्रियाशील संस्थाहरुले कोभिड– १९ नियन्त्रणको प्रयासमा सरकार पूर्ण असफल भएको भन्दै सरकारलाई  नागरिकको स्वस्थ्य जीवन बाँच्ने अधिकारप्रति गम्भीर बन्न चेतावनी दिएका छन्। 
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमाडौं-  स्वास्थ्य क्षेत्रमा क्रियाशील संस्थाहरुले कोभिड– १९ नियन्त्रणको प्रयासमा सरकार पूर्ण असफल भएको भन्दै सरकारलाई  नागरिकको स्वस्थ्य जीवन बाँच्ने अधिकारप्रति  गम्भीर बन्न चेतावनी दिएका छन्। 

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी संघ,  मेडिकल ल्याबोरेटोरी एसोसियसन, नेपाल फार्मेसी संघ लगायतका स्वास्थ्य क्षेत्रमा क्रियाशिल २० वटा संस्थाले कोरोना भाइरसको सक्रमणप्रति सरकार गम्भीर नभएको र स्वास्थ्यकर्मी र बुद्धिजीविका सुझावलाई बेवास्ता गरिएको भन्दै  देशमा ठूलो संकट आइपुगेको बताएका छन्।

उनीहरुले १८ बुँदे माग राख्दै सरकारलाई २१ दिने अल्टिमेटम समेत दिएका छन् । 

कोभिड– १९ लगायतका जटिल स्वास्थ्य समस्याको उपचार निशुल्क गर्नुपर्ने, देशभरका अस्पतालमा आईसीयू र भेन्टिलेटरको वृद्धि गरी सेवा विस्तार गर्नुपर्ने, स्वास्थ्यकर्मीलाई दिने भनिएका सबैप्रकारका भत्ता तथा सुविधाहरु सहज तरिकाले उपलब्ध गराउनुपर्ने, कोरोना संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीका लागि छुट्टै आइसोलेसन तथा विदाको व्यवस्था गर्नुपर्ने लगायतका छन्। 

त्यस्तै वीर अस्पताल र अन्य अस्पतालमा जारी आन्दोलनलाई सम्बोधन गरी जायज मागहरु पुरा गर्न पनि माग गरिएको छ। 

 

प्रकाशित: Nov 22, 2020| 08:55 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।