शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फ्रान्सका राष्ट्रपति म्याक्रों भन्छन्, ‘भ्याक्सिन सबैभन्दा पहिले गरीब देशलाई’

फ्रान्सका राष्ट्रपति म्याक्रों भन्छन्, ‘भ्याक्सिन सबैभन्दा पहिले गरीब देशलाई’

फ्रान्सका राष्ट्रपति म्याक्रोंले कम आय भएका देशलाई सबैभन्दा पहिले कोरोना भाइरसविरुद्धको खोप दिनुपर्ने बताएका छन्। 
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमाडौं- फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले कम आय भएका देशलाई सबैभन्दा पहिले कोरोना भाइरसविरुद्धको खोप दिनुपर्ने बताएका छन्। 

शनिबार जी– २० सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति म्याक्रोंले विश्वका ठूला अर्थव्यवस्था भएका देशहरुले कम आय भएका देशमा सबैभन्दा पहिले कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन प्रयास गर्नुपर्ने बताएका हुन्। 

उनले भने, ‘जी– २० देश कोरोनाविरुद्ध स्वस्थ्य खोप बनाउन सक्षम छन्। त्यसैले कोरोनाविरुद्धको खोप उपलब्ध भएपछि त्यो सबैभन्दा पहिले कम  विकसित देशमा पुर्‍याउने एउटा प्रणाली विकास गरिनुपर्छ भन्ने मेरो सल्लाह छ।’

विश्वका प्रमुख अर्थव्यवस्था भएका २० देशहरुको  दुई दिने  सम्मेलन 'जी– २०' को आयोजना भर्चुअल रुपमा सउदी अरबको रियादमा शनिबारदेखि सुरु भएको छ। 

प्रकाशित: Nov 22, 2020| 08:17 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।