शुक्रबार, भदौ २६, २०८३

जोतौँ बाँझो खेतबारी, उठाऔँ अब जिम्मेवारी

स्वर्गद्वारी नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा तेस्रो मुलुकबाट फर्किएर आएका र स्थानीय क्षेत्रमा रहेका बेरोजगारलाई रोजगारी तथा व्यवसायमा जोड्नका लागि ‘जोताैँ बाँझो खेतबारी, उठाऔँ अब जिम्मेवारी’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

प्युठान– स्वर्गद्वारी नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा तेस्रो मुलुकबाट फर्किएर आएका र स्थानीय क्षेत्रमा रहेका बेरोजगारलाई रोजगारी तथा व्यवसायमा जोड्नका लागि ‘जोताैँ बाँझो खेतबारी, उठाऔँ अब जिम्मेवारी’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।

बेरोजगार व्यक्ति, थोरै लगानीमा व्यवसाय सञ्चालन गरेका र आर्थिक समस्याले व्यवसाय फस्टाउन नसकेका व्यक्तिलाई थप सहयोग गर्नका लागि कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको हो। 

नगर प्रमुख नेत्रबहादुर रोका क्षेत्रीले तेस्रो मुलुक तथा भारतमा सिकेको सीपलाई प्रयोग गर्न चाहेमा र नगरक्षेत्रका अन्य बेरोजगार व्यक्तिले पनि व्यवसाय गर्न चाहेमा यो कार्यक्रममा समेटिने बताएका छन्। 

कार्यक्रमका लागि प्रदेश सरकार र स्थानीय तहमार्फत बजेट विनियोजन भएकाले सबै बेरोजगारलाई रोजगार दिने र व्यवसायी बनाउने लक्ष्य रहेको उनले बताए। 

कार्यक्रम सञ्चालन गर्नका लागि कार्यपालिकाबाट ‘स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७७’  पारित गरिएको छ। 

कार्यक्रमका लागि चाहिने आवश्यक कर्जाको लागि नेपाल बैंक लिमिटेड भिङ्ग्री शाखासँग सहकार्य भएको छ। 

नगरपालिकाले वडामार्फत व्यवसाय गर्ने व्यक्ति तथा समूहको तथ्याङ्क सङ्कलन, व्यवसाय छनोट, संस्थागत र व्यक्तिगत व्यवसाय प्रकृतिका विषयमा तथ्याङ्क सङ्कलन गर्ने काम गरिरहेको छ।

कार्यविधिमा निम्न वर्ग, पिछडिएको र दलित समुदायलाई प्राथमिकता दिने उल्लेख छ। 

नगरपालिकाले रु ५० लाख धरौटी बैंकमा राख्ने र बैंकले नगरपालिकाको धरौटी रकमको दोब्बर लगानी गर्ने छ। 

यसमार्फत संस्थागत कृषि व्यवसाय गर्नेले न्यूनतम रु २० लाख र व्यक्तिगत व्यवसाय गर्नेले न्यूनतम रु १० लाख ऋण लिन सक्नेछन्। 

रासस
 

प्रकाशित: Nov 22, 2020| 08:09 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।