शुक्रबार, भदौ २६, २०८३

नदीमा माछाको भुरा छाडेर मनाईयो विश्व मत्स्य दिवस 

स्थानीय तिनाउ नदिमा माछाका एक लाख भुरा छाडेर रुपन्देहीमा विश्व मत्स्य दिवस मनाइएको छ। 
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

भैरहवा–स्थानीय तिनाउ नदिमा माछाका एक लाख भुरा छाडेर रुपन्देहीमा विश्व मत्स्य दिवस मनाइएको छ। 

पानीकोे शुद्धिकरण र जैविक विविधताका लागि माछाले ठूलो भूमिका खेल्ने भएकाले नदीमा माछाको भुरा छाडिएको हो। 

तिनाउ नदी पछिल्लो समय प्रदुषित भईरहेको बेला माछाको भुराले पानीको शुद्धिकरणमा सहयोग पुराउने विश्वास लिइएको छ। 

नदीमा माछा नहँुदा माछा मारेर जीविकोपार्जन गर्नेहरूको समेत रोजिरोटी खोसिएको छ। 

लुम्बिनी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजना तथा मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रबद्र्धन स्रोत केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, जिल्ला मत्स्य व्यवसायी संघ लागायत संघसंस्थाको सहकार्यमा तिनाउमा माछाको भुरा छाडिएको हो।  

लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव रेवतीरमण पौडेलले माछाको उत्पादनमा नेपालले उल्लेख्खय प्रगति गरेको बताए। 

उनले भने, ‘जैविक विविधिता कायम गर्न, पानी शुद्ध राख्न, पानीमा अक्सिजनको मात्रा बढाउन माछाले भूमिका खेल्छ। यसैले हामीले नदीमा माछाको भुरा छाडेका हौं। ’

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक तुल्सीराम भण्डारीले पानीको विविधतालाई सन्तुलन राख्न र मानव शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण पौष्टिक तत्वहरु प्रदान गर्ने प्राणी माछा भएको बताए।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, माछा सुपरजोन संचालक समितिका संयोजक  गणेशबहादुर शाहीले पानीको शुद्धतालाई जोगाई राख्नु सबैको दायित्व भएको बताए।  

रुपन्देहीमा प्रत्येक वर्ष विश्व मत्स्य दिवसको अवसर पारी व्यवसायी र माछासँग सम्बन्धित सरकारी कार्यालयहरुले संयुक्तरुपमा मिलेर एक लाख माछाका भूरा तिनाउ नदीमा छाड्ने गरेका छन्। 

यसपल्ट पाँचौपटक तिनाउमा माछाका भूरा छाडिएको हो ।  

रुपन्देही माछापालनका लागि उर्वर भूमि मानिन्छ । यहाँ एक हजार पाँच सय हेक्टर भन्दा बढी क्षेत्रफलमा पाँच हजार हाराहारी पोखरीमा माछापालन हुँदै आएको छ। 

जिल्लामा मात्रै बार्षिक करिब ६ हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ। 

प्रकाशित: Nov 22, 2020| 03:27 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।