शुक्रबार, भदौ २६, २०८३

उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट

अज्ञात समुहले शनिबार मध्यराति १ बजेतिर कार्यालयभित्रै बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमाडौं- उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ।

शनिबार मध्यराति १ बजेतिर कार्यालयभित्रै बम विस्फोट भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विस्फोटको कारण कार्यालयको दुईवटा कोठामा क्षति पुगेको छ। उपाध्यक्ष बस्ने कार्यकक्षमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भीमप्रसाद दाहालले जानकारी दिए । 

यस्तै, कार्यालयको गेटमा समेत अर्को शंकास्पद वस्तु फेला परेको छ। शंकास्पद वस्तु देखिएकाले प्रहरीले कार्यालय पूर्ण शील गरेको छ। 

नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजको तयारी गरिरहेको प्रहरीले जनाएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी प्रमुख एसपी दाहालले जानकारी दिए। 

प्रकाशित: Nov 22, 2020| 06:30 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।