शुक्रबार, भदौ २६, २०८३

कोरोनाबाट सिरहामा स्वास्थ्यकर्मीको मृत्यु

सिरहाको कल्याणपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख ५५ वर्षीय  गौरीशंकर देवको शनिबार राति मृत्यु भएको हो । 
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

सिरहा- सिरहामा कोरोना भाइरस संक्रमणबाट स्वाथ्यकर्मीको मृत्यु भएको छ । 

सिरहाको कल्याणपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख ५५ वर्षीय  गौरीशंकर देवको शनिबार राति मृत्यु भएको हो । 

सप्तरी निवासी स्थायी घर देवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार देवको शनिबार राति ११ बजे उपचारको क्रममा विराटनगरमा मृत्यु भएको हो ।  

दुई हप्तादेखि आइसोलेसनमा राखेर उपचार गरिरहँदा  मृत्यु भएको प्रमुख  यादवले बताए । 

योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

प्रकाशित: Nov 22, 2020| 06:00 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।